एजेन्सी । एक जना ६७ वर्षका ब्यक्ति पेट दुखेर अस्पताल पुगेका थिए । तर चिकित्सकले उनको गोप्य अंगबाट ६७ फिट लामो किरा बाहिर निकाले । जाँच गर्दै जाँदा चिकित्सकले उनको गोप्य अंगमा त्यस्तो वस्तु देखेपछि चकित् परे । यो घटना थाईल्याण्डको हो । ६७ वर्षका वृद्ध पेट फुलेर अस्पताल गएका थिए ।
वास्तवमा यो घटना थाईल्याण्डको नगखाई प्रान्तको हो, ‘द सन’ को रिपोर्ट अनुसार उक्त व्यक्ति लामो समयदेखि पेट दुखेको महशुष गरिरहेका थिए । जब उनी अस्पताल गए र एउटा चेक गराए, त्यहाँ यस्तो घटना भयो जुन कसैले सोचेको थिएन ।
उनले थाइल्याण्डको नोंगखाई प्रान्तको परजीवी रोग अनुसन्धान केन्द्रमा जाँच गरे। अनुसन्धानको क्रममा, व्यक्तिको निजी भागमा किरा फेला परेको थियो । अनुसन्धान केन्द्रका प्रवक्ताले भनेका छन् कि परजीवी १८ मिटर भन्दा लामो छ। उक्त रिपोर्टका अनुसार डाक्टरहरूले यो परजीवी काँचो मासु खाने ब्यक्तिको पेटमा पुग्छन् । ती मानिसको पेटमा ३० वर्ष भन्दा बढी बाँच्न सक्छन् ।
तर वर्तमान समयमा त्यसकौ औषधी बनिसकेका कारण उपचार सम्भव छ । ति ब्यक्तिको शरिरवाट यसलाई बाहिर निकाल्न डाक्टरहरूलाई धेरै समय लागेको थियो । पहिलो बिरामीलाई जाँच पछि औषधी दिइयो ।
त्यसपछि ब्यक्तिको गोप्य अंगवाट बाहिर तानियो। डाक्टरहरूले भनेका छन्, किरालाई बाहिर निकाल्न धेरै समय लाग्यो किनकि यो धेरै लामो थियो । अहिले बिरामीको अवस्था राम्रो रहेको बताइएको छ । बिरामीलाई पनि खानपानको बारेमा सल्लाह दिइयो ।






