काठमाण्डौ । घ्युकुमारीको महत्व बुझेका मानिसहरुले प्राय आफ्नो घरको खाली ठाउँहरुमा घ्युकुमारी लगाएका हुन्छन् । घ्युकुमारीको प्रयोग गर्दा हाम्रो शरिरलाई यस्ले धेरै कुरामा फाईदा गर्दछ । तिनै फाईदाका कुराहरु तल लेखिएको छ ।
—गर्मी, तनाव, मन्दाग्नी, कब्जियत आदीलाई ठिक गर्छ ।
—सबै किसिमको धातुरोग, अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।
—यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।
—यसको जुस खानाले मोटोपना घटाउँछ ।
—यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्छ ।
साभारः मेरो डाक्टर पुस्तकबाट
योपनि
धेरै मानिसमा खाना खाइसकेपछि सुपारी चपाउने बानी हुन्छ । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ । धेरैलाई सुपारीले खाना पचाउँछ भन्ने लाग्छ । तर, यो केवल भ्रम हो । सुपारीले स्वास्थ्यलाई राम्रो गर्दैन । के छ त सुपारी सेवनको हानी ?
१. क्यान्सर
सुपारीको अत्याधिक सेवनले मुखको क्यान्सर हुने अध्ययनहरुले देखाएको छ । साथै यसको अत्यधिक सेवनले अन्न नलीको समेत क्यान्सर गराउँछ । त्यस्तै, धेरै सुपारी चपाउन बानीले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या निम्त्याउँछ ।
२. मुटु रोग
सुपारीको सेवनले मुटुरोग समेत निम्त्याउन सक्छ । अत्याधिक मात्रामा सुपारीको सेवनले मुटु सम्बन्धि जोखिम निम्त्याउनुका साथै मोटोपना बढाउँछ ।
३. दाँतको समस्या
निरन्तर सुपारी चपाइ रहने मानिसमा दातको समस्या पैदा हुनुका साथै दाँत खिइने गर्दछ । त्यस्तै, यसले दातमा सडन पैदा हुनुका साथै दातमा खिया लागेर दातँको स्वरुप बिर्गाछ ।
४. अन्य साइड इफेक्ट्स
सुपारीको सेवन गर्ने बानीले दिनदिनै यसको लत लाग्दै जान्छ । त्यसैले सुपारीको बानी पर्छ र छोड्न समेत गार्हो हुन्छ ।






