बाँके, २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदानका क्रममा बाँके क्षेत्र नम्बर ३ का नेकपा (एमाले) उम्मेदवार सुमन मल्लले आज मतदान गर्नु भएको छ । उहाँले खजुरा गाउँपालिका १ स्थित राधापुर मैटहवा माध्यमिक विद्यालय, चन्द्रनगरमा रहेको मतदान केन्द्रमा उहाँले आज मतदान गर्नु भएको हो ।
शान्त र सुरक्षित रूपमा मतदान गर्न मतदातालाई आग्रह गर्दै एमाले उम्मेद्वार मल्ले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै निर्वाचनको नतिजा सकारात्मक आउने विश्वास व्यक्त गर्नुभयो ।
मल्लले मतदान गर्न आउने सबै मतदातालाई शान्ति सुरक्षामा खलल नपुग्ने गरी जिम्मेवार ढंगले मतदान गर्न पनि आग्रह गर्दै धन्यवाद पनि दिनुभएको छ । उक्त मतदान केन्द्रमा २९ सय ५८ मतदाता रहेका छन् । यो समाचार तयार गर्दासम्म १३ सय ४३ मतदाताले मतदान गरी सकेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।






