बाँके । बाँकेको खजुरा गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको चार कोठाको पक्कि भवन निमार्ण कार्य सम्पन्न गरेको छ । स्थानीय सरकारको दश लाख, संघिय सरकारको पचन्न लाख र जनश्रमदानको ७ लाख ९९ हजार ७ सय ९२ रुपैंयाको आर्थिक सहयोगमा उक्त विद्यालयको चार कोठा भवन निमार्ण गरिएको पालिकाले जनाएको छ ।
नव निर्मित चारकोठे भवनको उद्घाटन गर्दै पालिका अध्यक्ष डम्मर विक तुफानले खजुरा गाउँपालिकाको विकासका लागी मधेशी समूदायको उत्थान हुन आवश्यक रहेको बताउँदै त्यसका लागी सर्वप्रथम त शिक्षाको क्षेत्रलाई माथि उकास्न आवश्यक भएको हुनाले नेरामाविको भवनलाई पक्कि बनाएको धारणा व्यक्त गर्नुभयो ।
“जनप्रतिनीधिका रुपमा हामीले जितिसकेपछि खजुरा गाउँपालिकालाई विकासको मार्गमा उठाउनका लागी मधेशको विकास गर्न आवश्यक हुन्छ र त्यसो गरिएन भने हामीले मधेशलाई सामाजिक रुपमा न्याय गरेको हुँदैनौं ।” अध्यक्ष विकले भन्नुभयो,“सोही अनुरुप नै हामीले मधेशी गाउँहरुमा थुप्रै कार्ययोजनाहरु अगाडी बढायौं । त्यसै अन्तरगत हामीले मधेशी समूदायका विद्यार्थीहरुले सुविधा सम्पन्न भवनमा बसेर ज्ञान हासिल गर्न सकून भनेर पक्कि भवनको निमार्ण गरेका हौं ।”
कार्यक्रमलाई उद्घाटन्ग र्दै उहाँले मधेशी समूदायका प्रत्येक गाउँमा पक्कि बाटाहरुका लागी आरसीसी र पिसीसी बनाएको पनि बताउनुभयो । उहाँले खजुरा गाउँपालिका भित्र अवस्थित मधेशी समूदायका जेष्ठ नागरिक र अपांगलाई घरघरमा स्वास्थ्य जाँचका लागी सेवा प्रदान गरेको पनि बताउनुभयो । मधेशका महिलाहरुलाई स्वास्थ्य जाँचमा सहजता पुगोस् भन्ने उद्येश्यले प्रत्येक स्वास्थ्य चौकीहरुमा आधुनिक सुविधा सम्पन्न वर्थिंग सेन्टरको निमार्ण गरेको पनि अध्यक्ष विकले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष विकले खजुरा गाउँपालिकालाई टिनको छाना मुक्त विद्यालय बनाउने अभियान सञ्चालन गरेको र प्रत्येक टिनका विद्यालयलाई पक्कि संरचनाको विद्यालय निमार्ण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । “हामीले हाम्रो पालिकामा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई सुविधा सम्मपन्न सुरक्षित पक्कि संरचना भएको विद्यालयको भवनमा अध्ययन गराउनका लागी टिनको छानो मुक्त विद्यालय मुक्त गरी शिक्षा मैत्री भौतिक संरचनाको निमार्ण गरिरहेका छौं ।” उहाँले भन्नुभयो ।
शिक्षा मैत्री भौतिक संरचनाको उद्येश्य अनुरुप सोही पालिकाको वडा नं. ६ मा रहेको जनकल्याणमा चार कोठाको पक्कि भवन, जनसेवामा दुई कोठाको पक्कि भवन, रझेनामा तीन कोठाको पक्कि भवन त्यसैगरी सुनवर्षामा तीन कोठाको पक्कि भवन बन्दै गरेको उहाँले जानकारी दिनुभयो । ती सबै विद्यालयको पक्कि संरचनाको निमार्ण कार्यलाई केही दिनमा नै गरिने र अन्य तीन ठाउँका टिनको छानो भएका विद्यालयहरुलाई भत्काएर पक्कि भवन निमार्णका लागी सिलन्यास गरिने पनि अध्यक्ष विकले जानकारी दिनुभयो ।
खजुरा गाउँपालिकालाई टिनको छानो मुक्त विद्यालय बनाउने उद्येश्यले सञ्चालन गरिएको यो अभियानमा खजुरा गाउँपालिकाको मधेश र मधेशी समूदायका लागी थुप्रै आवश्यक योजनाहरु पनि सञ्चालन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । पक्कि संरचनाको विद्यालयसंगै ती शुद्ध पिउने पानीको व्यवस्था गाउँपालिकाले गरेको पनि उहाँले बनाउनुभयो । अषाढको १० गतेसम्ममा निमार्ण कार्य सम्पन्न गरी सक्नु पर्ने नेरामाविको कुल लागत अनुमान भने ७२ लाख ६४ लाख ७ सय ९२ रहेको पालिकाले जनाएको छ । भिडियो






