बाँके । बाँकेको बैजनाथ गाउँपालिका वार्ड नं. ६ सम्झनाका दिल बहादुर खत्रीलाई प्रहरीले नाबालिका बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार साधुको भेषमा रहेका ५५ वर्षिय दिल बहादुर खत्रीले बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
आरोपी खत्रीमाथि बालिकालाई चुम्बन गरेको र करणी प्रयासका लागी नाबालिकाको कट्टु झारेको आरोप लागेको छ । “पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा हामीले पक्राउ गरेका हौंं ।” ईलाका प्रमुख भण्डारीले भन्नुभयो,“आरोपी खत्री माथि जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएका छौं ।”
डीएसपी भण्डारीले निजलाई पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीका अनुसार आरोपी खत्री बिहीबार पक्राउ परेका थिए । शुक्रबार उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।






