बाँके । नेपालगन्ज उपमहानरपालिका स्तरीय महिला स्वास्थ्य स्वयं सेविका संघको अध्यक्षमा प्रेमा शाही निर्विरोध निर्वाचित हुनु भएको छ । नेपालगन्जमा सम्पन्न महिला स्वास्थ्य स्वयं सेविका संघको निर्वाचनमा प्रेमा शाही अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित अध्यक्ष शाहीले संगठनलाई व्यवस्थित, चलयमान बनाउन विभिन्न क्षमता अभिवृद्धि मुलक गतिविधि गरिने बताउनुभयो । राज्यको स्वास्थ्य अवस्था सुधारमा महत्वपूर्ण योगदान दिइरहेका महिला स्वास्थ्य स्वयं सेविकाले भोग्दै आएका आम समस्या, चुनौती तथा बाधालाई समेत समाधान र सम्बन्धित निकायमा पुर्याउने उद्देश्यका साथ अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा शान्ति राना, सचिवमा आइला बोहरा, सह(सचिवमा इन्द्रा कार्की र कोषाध्यक्षमा सुष्मा चौधरी निर्वाचित भइन् । उपमहानगरपालिकाको प्रत्येक वडाबाट एक जना प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्य चयन गरिएको छ ।
जसको सदस्यमा राधिका थापा, कोपिला थापा, सरस्वती प्रजापती, अन्जना कुँवर राना, जया चन्द, सुशिला कुँवर, पुनम लखेर, संगिता चौहान, रञ्जना शर्मा, अन्जली शर्मा, श्याम कुमारी आर्या, सरस्वती बाहुन, ममता शर्मा र पुन सोनी रहनु भएको छ ।
सदस्य चयन हुन बाँकी वडा नम्बर १९, २२ र २३ बाट छनोट भएका स्वयं सेविकालाई सदस्यमा राखिनेछ । उमहानरपालिका स्तरीय महिला स्वास्थ्य स्वयं सेविकाको निर्वतमान अध्यक्ष मनकुमारी सिलवाललाई सल्लाहकारमा राखिएको छ भने उपमहानगरपालिकाभित्र १ सय ६६ जना महिला स्वयं सेविका रहेका छन् ।






