बाँके । बाँकेको राप्तीसोनारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयका दुई परीक्षा निरिक्षकलाई निष्कासन गरीएको छ । आईतबार एसइइ अनिवार्य गणित बिषयको परिक्षामा आफनो दायित्व पुरा नगरेको भन्दै सिद्वेश्वर माबिका दुई परीक्षा निरिक्षकलाई निष्कासन गरीएको हो ।
सिधनवा केन्द्रमा अनिवार्य गणित बिषयको परिक्षा संचालनको क्रममा परिक्षालाई स्वच्छ र मर्यादित तुल्याउनु पर्ने जिम्मेवारी र दायित्वमा रहेका परीक्षा निरिक्षक सविता कसेरा र दिर्गराज बजगांईलाई जिम्मेवारीबाट हटाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनुभयो ।
उक्त बिद्यालय केन्द्रमा संचालन भएको परिक्षालाई बाँकेका सहायक प्रजिअ जोरासिंह माझिको नेतृत्वको टोलिले आकस्मिक निरिक्षणको क्रममा सो अवस्था भेटाएको थियो । प्रजिअ पोखरेलले परिक्षालाई स्वछ र मर्यादित तुल्याउनु पर्ने अहम भुमिका केन्द्राध्यक्ष र निरिक्षक स्वयमको हुने भएकोले अगामी दिनमा यस तर्फ थप सचेत, जिम्मेवार र जवाफदेही हुन सवै केन्द्राध्यक्ष र निरीक्षकज्युहर्लाई अनुरोध गर्नु भएको छ ।






