बाँके । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत तीन दिने ‘स्पोर्ट्स विक’ आज सकिएको छ । तेस्रो दिन शुक्रबार विभिन्न विधामा उत्कृष्टता हासिल गरेका प्रतिष्पर्धी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य विरभान केसीले पुरस्कार प्रदान गर्नु भएको थियो ।
पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा ‘स्पोर्ट्स विक’ गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताउनुभयो । लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट ‘स्पोर्ट्स विक’ मा समावेश गरिएको थियो ।
पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएका थिए । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत माघ ३ देखि ५ गतेसम्म आयोजित तीन दिने ‘स्पोर्ट्स विक’ को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन सत्रमा विद्यालयका चिफ डाइरेक्टर इश्वर पोखरेल, एकेडेमिक एडभाइजर प्रकाश लामिछाने, संस्थापक सदस्य एवम् सनविन स्कूलका डाइरेक्टर पवन गौतम लगायतको उपस्थित रहेको थियो ।
तस्बिर,,,,,











