Ðबाँके । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट मृत्यु हुनुभएका प्रहरी जवान विशाल ओलीको परिवारलाई आर्थिक सहयोग स्वरुप रकम हस्तान्तरण गरेको छ । आफ्ना मातहतका कर्मचारीसँग रकम संकलन गरेर बाँके प्रहरीले मृतक ओलीको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले रुकुमपश्चिम मुसीकोट पुगेर मृतक प्रहरी जवान ओलीको परिवारलाई २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।
मंसिर २८ गते बाँके कोहलपुर स्थित मदनचोक प्रहरी बिटमा ड्युटीमा रहँदा प्रहरी जवान ओलीलाई जिपले ठक्कर दिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको थियो ।






