बाँके । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स) को नेपाल प्रतिनिधिमा नियुक्त हुनु भएको छ । अध्यक्ष ठकुरीलाई नेपालमा खेलकुद संस्कृतिको प्रवद्र्धनमा कार्य गर्न इटलीको मिलानोमा हेडक्वार्टर रहेको फिक्ट्सको बोर्ड बैठकले नेपाल प्रतिनिधिमा नियुक्त गरेको हो ।
नेपालबाट केही बर्ष अघि अध्यक्ष ठकुरी र पत्रकार जनक नेपालद्वारा निर्देशित डकुमेन्ट्री ‘प्लेयर सिटी’ ९खेलाडीको सहर० मिलानोमा चयन भइ प्रदर्शन भएको थियो । ठकुरीका अनुसार फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रोफेसर फ्रान्को अस्कानी र महासचिव डा। इन्जो क्यापिएलोद्वारा हस्ताक्षरित पत्र भर्खरै प्राप्त गरेको हो ।
ठकुरीले भन्नुभयो,‘फिक्ट्सले खेलकुदसम्बन्धि फिल्म, वृत्तचित्र, आलेख, टेलिभिजन फुटेज, खेलकुद फोटोलाई पुरस्कृत गरी खेल संस्कृतिको प्रवद्र्धनमा जोड दिनेगर्दछ, हामीले पनि फिल्म फेस्टिभल र अवार्ड समारोह आयोजनामार्फत खेल संस्कृति प्रवद्र्धन गर्दै विश्वव्यापी सञ्जालसँग जोडिने अवसर प्राप्त गरेका छौं ।’ उहाँले फिक्ट्ससँगको आवद्धतासँगै नेपाललाई विभिन्न विधामार्फत अन्तर्राष्ट्रियकरण गर्न सघाउनेछ, यसले नेपालको खेलकुद र पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने बताउनुभयो ।
नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी भर्खरै भियतनामको होचिमिन्हमा आयोजित तीन दिने आठौं मास पार्टिसिपेसन वल्र्ड (एमपीडब्ल्यु) कन्फ्रेन्समा भाग लिइ नेपाल फर्किएका छन् । यस कन्फ्रेन्समा नेपालबाट ठकुरीले पहिलोपटक भाग लिनु भएको हो । नेपालमा फिक्ट्स सम्बद्ध फेस्टिभल लगायत गतिविधि गर्न आफुलाई अधिकार प्रत्यायोजन गरेकोमा फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रो फ्रान्को अस्कानीका साथै फिक्ट्स परिवारप्रति खेल पत्रकार ठकुरीले आभार प्रकट गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट मान्यताप्राप्त फिक्ट्सले खेलकुदको मुल्य मान्यता एवं ओलम्पिक र प्याराओलम्पिक गेम्सको सामाजिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गर्ने गर्दछ । पाँच महादेशका विभिन्न देशमा बीसवटा अन्तर्राष्ट्रिय स्पोर्टस् फिल्म फेस्टिभल आयोजना हुने गर्दछन् । फिक्ट्समा एक सय ३० सदस्य राष्ट्र सहभागी छन् ।






