बाँके । जाजरकोट र रुकुम पश्चिमका लागि भारत सरकारद्धारा प्राप्त दुई ट्रक राहत सामाग्री नेपालगञ्ज विमानस्थलबाट बाँकेका सुरक्षाकर्मीहरु टोली सहीत प्रभावित क्षेत्रतर्फ पठाईएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद सिंह सिख र नेपाल प्रहरीको सहायक हल्दारको कमाण्डमा उक्त रहात सामाग्री सोमबार बिहान साढे नौं बजेको समयमा प्रभावित क्षेत्रतर्फ पठाईएको हो ।
‘भूकम्प पीडितका लागि भारत सरकारद्धारा प्राप्त दुई ट्रक राहत सामाग्री लिएर हामीले यताबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाएका छौं ।’ उहाँले भन्नुभयो,‘एक ट्रक जाजरकोटका लाग र अर्को रुकुम पश्चिमका लागि ट्रक पठाएका हौं ।’ प्रजिअ पोखरेलका अनुसार प्रभावित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उक्त राहत सामाग्री बुझाईने छ ।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्ज विमान स्थलमा आईतबार नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई उक्त राहत सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
उक्त राहत सामाग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग हजार थान, ब्ल्यांकेट १००० थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटा, र केही कार्टून रहेका छन् । राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।
तस्बिर…… 










