बाँके । भुकम्प परी घाइते भएका एक युवाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको छ । नलगाड नगरपालीका १ जाजकोटका ३३ बर्षिय टेक बहादुर पुनको भेरी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । अधिकृत नरेश श्रेष्ठले बताए । नेपालगञ्ज स्थित भेरी अस्पतालमाउपचारका क्रममा मृत्यु भएको छ ।
उपचारका लाइ हेलीकप्टरम बाट ल्याइएका पुनको भेरी अस्पतालमा पुगेपछि चिकीत्सकले मृत घोषणा गरेको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । भुकम्पका कारण घाइते विरामीको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालको रुपमा स्थापना गरिएको छ ।






