बाँके । बाँकेको कोहलपुरमा भईरहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा चर्च व्वाईज यूनाईटेड फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनमा भएको उक्त खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३—० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
चर्च व्वाईजले उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबलाई पराजित गरेको थियो । यस्तै गोर्खा व्वाईजले बिहीबार सुदुरपश्चिम ११ लाई पराजित गरेर सेमिफाईनल यात्रा तय गरेको थियो । चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठले ३६ मिनेटमा गोल गर्नु भएको थियो भने, विशाल बस्नेतले ४७ मिनेट र आरुज सिंहले ७६ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाउनु भएको थियो ।
चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेतले म्यान अफद म्याज घोषित हुनु भएको थियो । उहाँलाई नगद रु ५ हजार रकम उपलब्ध गराइएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाण्डौ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।
भोली (शनिबार) हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । भोलीको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।












