बाँके । रगतको अभाव देखीएपछि प्रहरीले रक्तदान गरेर रगत संकलन गरेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पता नेपालगञ्ज बाँकेको आयोजनामा बिहीबार अस्पतालकै प्रांगढमा रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलन गरिएको हो ।
रक्तदान जीवनदानभएकाले मानबीयाता बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिन कुमार श्रेष्ठले बताउनुभयो । रक्तदान कार्यक्रममा ३७ जना प्रहरीले रक्तदान गरेका छन् ।
‘समाजमा अरुलाई पनि हौसला होस भनेर प्रहरीको प्रयास सन्देश दिनका लागि यो कार्यक्रममो आयोजना गरेका हौं ।’ उहाँले भन्नुभयो,‘प्रहरीले जनताको ज्यानको सुरक्षा गस्ति मात्रै गरेर गर्दैन । रगत दिएर पनि गर्दछ भन्नका लागि हामीले रक्तदान गरेका हौं ।’ रक्तदान कार्यक्रममा ३७ जना प्रहरीले रक्तदान गरेका छन् ।
रक्तदानका लागि प्राविधक सहयोग नेपला रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज बाँकेले गरेको थियो । प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
उनका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्ज, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, हाल नेपालगन्ज बाँके, त्यसैगरी लुम्बिनी प्रदेश प्रहरीगण खजुरा बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरीले रक्तदान गरेका थिए । तस्विर…….











