बाँके । भारतबाट नेपाल भित्र्याउँदै गरिएको प्रतिबन्धित बोईलर कुखुराको चल्ला बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेड क्वाटरका सूचना अधिकारी लक्षमण थापाका अनुसार बुधबार बाँकेको खजुरा गाउँपालिका वडा नं. १ स्थित चन्द्रागिरी हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० कार्टुन बोईलर कुखुराको चल्ला बरामद गरिएको हो ।
उक्त ७० ओटा कार्टुनमा सात हजार गोटा चल्ला रहेका थिए । जस्को अन्दाजी मुल्य रु ५ लाख ६० हजार बराबरको प्रतिबन्धित बोईलर कुखुराको चल्ला रहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आठ हजार मूल्य बराबरको ८ वटा साईकल पनि बरामद गरिएको छ ।
थापाका अनुसार उक्त बरामद गरिएको बोईलरको चल्लालाई पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहका प्रतिनिधि, नेपालप्रहरी र स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको छ ।






