बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं. १ कुसुम स्थित कुसुम बजारबाट २१ लाख बराबरको रिचार्ज कार्ड बरामद गरिएको छ । बुधबारनेपालगञ्जबाट दाङ को तुलसीपुर जाँदै गरेको यात्रुवाहक गाडीलाई चेकजाँच गर्ने क्रममा रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३० बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक लक्षमण थापाले जानकारी दिनुभयो ।
सूचना अधिकारी थापाका अनुसार भन्सार छली लैजाँदै गरेको उक्त बरामद रिचार्ज कार्डलाई थप अनुसन्धन तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाईएको छ ।






