काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गर्नुभएको छ, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
नेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रा’सले बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भनेका छन् । त्यस्तै बोलेकै भरमा राज्यविरूद्धको कसुर लगाउने हो भने त लाखौं नेपालीलाई पक्रनु पर्छभन्दै कानुनविद्हरु पनि झाक्रिको पक्षमा उत्रीएका छन् । सरकारले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई गलत कानुन प्रयोग गरेर पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए । पक्राउ पुर्जी थमाएपछि झाँक्रीले गि’र’फ्ता’री दिएकी छन् । उनलाई अहिले प्रहरीले भ्यानमा राखेर महाशाखा ल्याएको छ । कानुनविद्हरूले झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने बताएका छन् । संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई ध’म्की दिन नहुनेबारे व्यवस्था छ ।
‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको ध’म्की दिन, डर वा त्रा’स देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन,’ संहितामा भनिएको छ । जबकी झाँक्रीले राष्ट्रपतिलाई ध’म्की दिने वा उनको कार्यसम्पादनमा रोक लगाउने वा बञ्चित गराउने कुनै काम गरेकी छैनन् ।
नेकपा एमालेले २०५० सालमा गरेको निर्णय ग म्भीर भूल थियो । मदन भण्डारीको ह’त्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी । विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ । विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चहार्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन् । आजको दूर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।’
उनले भनेको यो कुराले राज्यविरूद्धको कसुरको दफा ५८ आकर्षित नहुने कानुन व्यवसायी टीकाराम भट्टराईले बताए । ‘राज्यविरूद्धको कसुर यो संविधान मान्दिनँ भन्ने मान्छेलाई लाग्छ । यो संविधानअनुसार बनेका सरकार र राष्ट्रपतिले गरेको कामको आलोचना गर्नेलाई लाग्दैन,’ उनले भने । झाँक्रीलाई धेरै वर्ष कैद सजाय गर्ने मनसायका साथ प्रहरी राज्यविरूद्धको कसुरको दफा ५८ प्रयोग गरेर पक्राउ गरेको देखिन्छ । यो कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद हुन सक्छ । संविधानविद् भीमार्जुन आचार्यले बोलेकै भरमा कुनै नागरिकमाथि राज्यविरूद्धको कसुर लगाउने हो भने अहिलेको असंवैधानिक कदमविरूद्ध बोल्नै लाखौं मानिस जेल जाने बताए ।






