काठमाण्डौ । शाख २९ गते। नेपालमा कुल कोरोना संक्रमितमध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ जना संक्रिय संक्रमित मध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
जसमध्ये तीन जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार हुँदै छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ २४ घण्टामा ९१६ जनाको कोरोना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको छ ।
सोही समयमा १२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार १११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।






