काठमाण्डौ । पत्रकार ऋषि धमलाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको हप्काई खाएका छन् । उनले आज बुधबार भईरहेको नेकपाको दाहाल नेपालको समुहको विरोध कार्यक्रममा प्रवक्ता श्रेष्ठको हप्काई खाएका हुन् । प्रवक्ता श्रेष्ठले भाषण गरिरहँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ ।
उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् । त्यसपछि उनले ऋषी धमलाको नाम नै तोकेर ऋषी धमला तपाई हल्ला नगर्नु, त्यहाँ अर्को कार्यक्रम नगर्नुस चुप लाग्नुस् भन्दै मञ्चवाटै थर्काउँछन ।
उनले भन्छन्, हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं तपाईरु त्यहाँ चुप लाग्दिनुस् सुन्नस् ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम संचालन नगर्नु तपाई चुप लाग्नुस् । उहाँले राम्रै काम गर्नु भएको थियो । आमसभामा जनतासंग अन्तरवार्ता लिनु भएको छ । तर अहिले होइन पछि लिन म अनुरोध गर्दछु उनले भने । त्यती भनेर उनले फेरी आफ्नो भाषण जारी राखे ।
यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् । अघिल्लो पटकको सभामा पनि मञ्चमै झोक्किएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्चवाटै थ’र्काएका छन् ।






