काठमाण्डौ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी ९मामा प्रैम० निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।
आज भएको निर्वाचनमा उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता विद्यार्थी रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियुको गड मानिएको अस्कलमा पहिलो पटक क्रान्तिकारीले जितेको हो । २०६५ सालमा भएको निर्वाचनमा अनेरास्ववियुले जितेको थियो ।






