रुपनी जि.एम/ भिष्म लोध, बाँके । ‘मेरो श्रीमानलाई हात हेराउनेले तेरो श्रीमती त अर्कैसंग लागेकी छ बिचार गर है भनेपछि उहाँले मसंग विगत १ वर्षदेखि अलिअलि झ ग डा गर्दै आई रहनु भएको थियो । तर झ ग डाले विस्तारै शं काको रुप लिन थाल्यो र त्यसैको नतिजा हो उहाँले मलाई पे ट्रो ल खन्याएर जिउँदै ज ला ई दिनु भयो ।’ अस्पतालको शैयाबाटै गंगा विकले आफुलाई श्रीमानले आ गो लगाउनुको कारण आँखाको डिललबाट आँशु बगाउँदै सुनाईन् ।
श्रीमान भानुभक्त विकद्धारा पे ट्रो ल छर्किएर आगो लगाईएकी गंगलाई थप उपचारका लागि काठमाण्डौ पठाउँदै गर्दा उनले अस्पतालको शैयाबाटै मलाई केही कुरा भन्नु छ भन्दै सकि नसकि भनिन्,‘मेरो घरमा झ ग डा त्यही हात हेराउनेकै कारण भएको हो । उस्ले मेरो श्रीमानको दिमागमा मेरो खराब चरित्रको बारेमा केही नबोलि दिएको भए आज मेरो यो गति हुने थिएन । त्यो हात हेराउनेलाई र मेरो श्रीमानलाई त्याहाँसम्म पुर्याउने तीन जनालाई पनि कारवाही हुनु पर्छ ।’ काठमाण्डौ जानु पुर्व उनले श्रीमानसंगै हात हेराउने र हात हेराउने कहाँसम्म पुर्याउने तीन जनालाई समेत कारवाही गरिनु पर्ने माग गरिन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं। २ शत्तिनगरकी गंगा विकलाई श्रीमानले यही माघ १५ गते आईतबार साँझ ७ बजेतिरको समयमा पेट्रोल छर्किएर आगो लगाएका थिए । श्रीमानले लगाएको उक्त आ गो सल्किएर गंगाको अनुहार बाहेक घाटीको भाग पुरै ज ले को छ । घाउहरु पाकेर दुखाइ पनि उस्तै सही नसक्नु भएको छ । तर गंगालाई भने त्यो भन्दा बढि पि डा त्यो हात हेराउने र श्रीमानलाई हात हेराउने कहाँसम्म पुर्याएर अ न्ध वि श्वा सी हुन बाध्य बनाउने ती चारै जना अ प रा धिको व्यवहारले दिई रहेको छ ।
श्रीमानले पे ट्रो ल छर्किंदा गंगालले आफ्नो ढाडमा दुई बर्षे आफ्नो दुधे छोरालाई बोकी रहेकी थिईन् । जब श्रीमानले स ला ई कोरेर गंगाको शरीरमा फ्याँके तब गंगासंगै पे ट्रो लामा लतपितएको उनको छोरा पनि ज ल्न पुगे । आ गोको ता पले भन्दा गंगालाई आफुसंगै उपचार गराई रहेको दुधे बालको मृत्युको खबरले झनै त ड्पा यो । उनलाई भेट्न जाँदा उनी यसै पि डामा आइसियुको बेडमा छ ट प टाइरहेकी थिईन् । उनको थप उपचारका लागि काठमाण्डौ लैजांदै गर्दा गंगाको चि त्का र बाहीर नसुनिए पनि उनको मन छोराको सम्झनाले भ त भ ती पोलिरहेको थियो ।
गंगाका श्रीमान भानुभक्त विक भारतमा गलैचा देखि सिरक सम्मको ब्यापार गर्दै आईरहेका थिए । गंगाा भने २ छोरी र २ छोरा संग घरमै बसेकी थिइन् । माइतीले बन्दोबस्त मिलाइदिएपछि कालिकोटबाट कोहलपुरमा उनी परिवार सहीत घर बनाएर बसेकी थिईन् । आफुसंगै आगोमा जलेको २ वर्षे दुधे बालक प्रिन्सलाई बचाउन डाक्टरहरुले धेरै कोशिस गर्दा पनि बचाउन सकेनन् । अन्ततः गंगाका २ वर्षिय छोरा प्रिन्स बिकले सोमबार बिहान अस्पतालकै शैयामा ४ बजे अन्तिम सास फेरेर आफ्नी आमा र यो संसारलाई छाडेर गए ।
श्रीमती र छोरालाई पे ट्रो ल छर्किएर आ गो लगाई भागेका भानुभक्तलाई भने कोहलपुर ईलाका प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले भारतीय सिमानाका जमुनाहाबाट पक्राउ गरी कारवाहीको प्रकृया अघि बढाई सकेको छ । ईलाका ईन्चार्ज एवं प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लका अनुसार भानुभक्तले श्रीमती परपुरुषसंग लागेको आशंका गर्दा यो घटना घटेको बुझिएको छ ।
यस्ता घटनाहरु समाजमा फरक फरक स्वरुपमा दिनहुँ घटि नै रहेका हुन्छन् । तर विडम्बना पि डि त सधैं महिला नै बनिरहन्छन् । घटनाको प्रकृतिका बारेमा लेख्ने, पढ्ने, सुन्ने र कारवाहीको प्रकृयामा ल्याएर सजाय दिलाउनेहरुका लागि यी घटनाहरु दिनहुँ नै सामान्य बन्दै गई रहेका छन् । तर वास्तविक दोषि को हो भनेर अध्ययन गर्ने हो भने ती पर्दा पछाडिका पात्रहरु समाजमा सुलसुले जस्तो भएर फैलिरहेका छन् । जस्ले विस्तारै विस्तारै समाजलाई निकै डरलाग्दो स्वरुपमा ढाल्दैछन् । अनि शिकार प्राय महिलालाई नै बनाई रहेका हुन्छन् ।
सरसर्ति हेर्दा घटनामा सधैं पिडित र पिडक कारक अनि कारण देखिन्छन् । तर यस्ता घटना घटाउनका लागि उकास्ने पात्र भने सधैं नै त्यही समाज भित्रै सुरक्षित बसिरहेका हुन्छन् । जस्लाई हामीले नजर अन्दाज गरी रहेका हुन्छौं । त्यसैले उनीहरुको साहस फेरी अर्को घटना घटाउनका लागि बढीरहेको हुन्छ । यो विषयमा गम्भिर भएर सोंच्न सबैले आवश्यक छ ।









