सुर्खेत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको ह’त्या अभियोगमा पक्राउ परेका जयबहादुर शाहीलाई छाड्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ६८ वर्षीय शाहीलाई अविलम्ब, विनासर्त रिहाइ गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा प’क्रा’उ गरेको थियो ।
‘जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टु’ङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घोर वि’रो’ध गर्दछ र उहाँलाई अविलम्ब एवं विना सर्त रि’हा’इ गर्न जोडदार माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ । प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पू’र्प’क्ष’का लागि १ वर्ष ७ महिना १ दिन सजाय भु’क्ता’न गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई का’रा’गा’र च’ला’न गरिएको हो ।
१ वर्ष ७ महिना १ दिन कै’द भु’क्ता’न गरी बन्दी प्र’त्यक्षीक’र’ण’मा परेका कारण अदालतको फैसला ढिला आएपछि थु’ना’मु’क्त भइ शाही फ’रा’र थिए । द्व’न्द्व’का’लमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते ह’त्या गरेको थियो ।
माओबादीले ह’त्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध कि’टा’नी जा’हे’री दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई प’क्रा’उ गरेको थियो । ती मध्य शाही एक हुन् ।






