बाँके, नेपालगञ्ज । नेफोस्टा नेपालगंज च्याप्टरमा नयाँ पदाधिकारीहरु चयन भएका छन् । शनिबार नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ, बबरमहल, काठमाण्डौको आयोजना तथा बलियो नेपाल र के एल दुगड ग्रुपको सहकार्यमा खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच समपन्न अन्तरक्रियामा खाद्य प्राविधिक मान बहादुर कटुवाल निर्वाचन समिति सभापति रहेको समितिले साधारण सभाको सर्वसम्मतिमा एवं NEFOSTA केन्द्रीय समितिको रोहवरमा नेफोस्टाले नयाँ पदाधिकारी चयन गरेको हो ।
जस्को अध्यक्षमा सन्तोष पोखरेल रहेका छन् भने सचीवमा पदम बराल त्यसैगरी कोषाध्यक्षमा सुनिता खुलाल रहेकी छन् । त्यसैगरी सदस्यहरुमा विवेक कुमार सुवेदी, गौरी हमाल, पूजा शर्मा, राजेश कुमार चौधरी रहेका छन् । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा अतुल उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की प्रमुख अतिथिका रुपमा रहेका थिए भने विशेष अतिथिमा के एल दुगडका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार छाझेड रहेका थिए ।
कार्यक्रमका प्रमुख आथिति डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकाय रुपमा बढीरहेको जनसंख्यालाई खाद्य प्रविधिकको महत्वपूर्ण भूमिका हुने बताएका थिए । कार्यक्रमको संचालन खाद्य प्राविधिक ज्योति आचार्यले गरेकी थिईन् । नेफोस्टा तदर्थ समितिका संयोजक खाद्य प्राविधिक सन्तोष दाहालले स्वागत गरेका उक्त कार्यक्रममा पहिलो कार्यपत्र NEFOSTA अध्यक्ष डा. अतुल उपाध्यायले गरेका थिए ।
उनले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्ने बुदां प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो प्रस्तुति खाद्य प्राविधिक अमित भूषण सुमनले प्रस्तुत गर्दै खाद्य उद्योगले झेल्नु परेको अनेक खाद्यका झुट्टा हल्लाबारे चर्चा गरेका थिए । उनले बजारमा बेला बेला प्लास्टिकको चामल, प्लास्टिक हालेको दुध, प्लास्टिक भएको आटा, मैदा, धाराको पानी नै मिनिरल वाटर भनेर बेच्ने जस्ता कुराहरुले खाद्य व्यवसायी, नियामक निकाय, उपोभोक्ता सबैलाई हैरान हुने वातारण बन्ने गरेकोले ल्भायकतबले यस्ता कुराहरुमा खुल्ला छलफल मार्फत निकास निकाल्ने प्रयास गरेको बताए ।
कार्यक्रममा ल्याबमा झैँ खाद्य प्राविधिकद्वय गौरी हमाल र शिवराज शर्माले पिठोबाट ग्लुटिन नामको प्रोटिन हेन्ड वाशिंग मेथोडबाट निकालेर उक्त ग्लुटिन गहूँको मुख्य आकर्षण रहेको र त्यही प्रोटिनको कारण वेकिंग गरि रोटि, ब्रेड, डोनट आदी वेकरी पदार्थ बनाउन सहयोग पुग्ने बताएका थिए । नेफोस्टा अध्यक्षले उक्त कुरा प्लास्टिक नभएको स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले यस्ता कुराहरुले अनावश्यक रुपमा आफ्नो समय खेर जाने, मोरल डाउन हुने भएकोले उपोभोक्ता माझ यस्ताकुरा गलत हुन् भनेर बुझाइदिन आग्रह गरेका थिए । साथै खाद्य ऐन चाडै संसोधन गरी अधिक खाद्य वस्तुको स्थर निर्धारण गरिदिन, जडिबुटीको प्रशोधन भन्नाले के बुझिन्छ प्रष्ट रुपमा कानुनमा लेख्न, टेष्टको दयारा फराकिलो पार्न आग्रह गरे ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नेफोस्टा अध्यक्ष डा. अतुल उपाध्यायले आफू केहि राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागी काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताए । त्यसैगरी अथितिहरुमा एस.के डेरी, नेपालगंजका संचालक सरोज प्रसाद पाण्डे, हितेश खाद्य उद्योगका मेनेजर बैजेन्द्र बेंगानी रहेका थिए ।
कार्यक्रममा नेफोस्टाका केन्द्रीय महासचीव प्रविन ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख सन्तोष दाहाल, जडिबुटी संघ, बाँकेका जिल्ला अध्यक्ष, डेरी संघ बाँकेका अध्यक्ष, चौधरी ग्रुप, क्रिस्टीलो पानी, एम.ए. सप्लायर आदिबाट उद्योगी व्यवसायी, नेफोस्टाका सदस्य खाद्य प्राविधिकहरु, विभिन्न संचार माध्यामका पत्रकार ज्यू लगायत ५० जनाको उपस्थिति रहेको थियो ।







