रुपनी जि.एम, काठमाण्डौ । कपाललाई हरियो रंगको मैलो मजेत्रोले ढाकिएको छ । वैजनी रंगको सुतीको मेक्सि आगोको धुवाले अर्कै रंगको बनाईदिएको छ । अनुहारमा परेको चाउरी पनाले मुहारको आकार नै परिर्वतन गरिदिएको छ । भट्टाबाट भर्खरै झिकेको इट्टा जस्तो उनका एक जोर हात । लगातार आगोको तापमा सेकिएर उनका हातले अहिले तातो चिसो केहीको पनि अनुभव गर्दैन । काठमाण्डौको सामाखुसी स्थित र्याडन पुल नजिक उमेरले ६ दशक गुजारी सकेको एउटा जीवन, जसको नाम हो नन्दमाया कार्की ।
रिर्पोटिंगको शिलशिलामा मैले काठमाण्डौका गल्ली गल्ली हिंड्नु परेको छ । त्यसरी हिंड्ने क्रममा मैले कति त्यस्ता जीवन देखेकी छु । तर ति कुनै पनि जीवनले मलाई यति धेरै आकर्षित गर्न सकेन जती नन्दमायाको जीवनले ग¥यो । मैले लगातार एक वर्ष देखि उनलाई झण्डै दिनहँु जस्तो देखिरहेकी हुन्छु । एक बोरा मकै, अलिकति आगो र केही दाउरा अनि एउटा थोत्रो छाता उनको जीवनका साथी हुन् । सधैं झैं बेलुकाको साढे ५ बजेको हुँदो हो ।
त्यो समय अफिसबाट घर फर्कने समय हो मेरो । त्यतिबेला म प्राय सामाखुशि स्थित ¥याडिसन पुल नजिकै पुगेकी हुन्छु । म त्याहाँ पुग्दा मैले जहिले पनि पुल छेवैमा एउटी यस्ती वृद्ध आमालाई देखि रहेकी हुन्छु जस्लाई आफुले पोलेको मकै खान आउने ग्राहकलाई मकै पोलेर दिन बाहेक अरु केही कुरामा ध्यान नै हुँदैन । उनी र उनको कृयाकलापलाई मैले झण्डै १ वर्षदेखि त्यसै ठाउँमा देख्दै आईरहेकी छु । सामान्यतया सडक छेउँछाउँमा सानातिना व्यापार गर्नेहरुले स्थान परिवर्तन गर्ने गरेको मैले देखेकी छु ।
स्टोरी फलोअव गर्ने क्रममा ती व्यक्तिहरुलाई खोज्न कति गाह्रो हुन्छ त्यसको रामै्र अनुभव छ मसंग । तर ती आमा घामपानी जे पर्दा पनि एकै ठाउँमा एउटै पेशा गर्दै आएको देखेर मलाई अचम्म लाथ्यो । मानौं कि त्यस ठाउँको कर उनले राज्यलाई तिरेर बसेकी हुन् । दुबै खुट्टा पलेटि कसेर एकसुरमा मकै पोलिरहन्छिन् उनी । सडक छेउमै बसेर पनि त्याहाँबाट ओहोर दोहोर गर्ने कसैलाई यसो हेर्ने सम्म फुर्सद छैन उनलाई ।
मैले नियालेको करा । केवल ग्राहकसंग मात्र उनी बोल्दि रहिछिन् । अरुसंग बोल्ने चाहाना हुँदो हो तर उनैलाई फुर्सद नभएको देखें मैले । एकैछिन् भएपनि सुस्ताउन नपाउने उनको व्यस्तताले मलाई लोभ्यायो । एकपछि अर्काै गर्दै मकै खान आउनेलाई मकैको पैसा लिने र फिर्ता गर्नेसम्म फुर्सद छैन उनलाई । सडकको एकछेउमा मकै पोल्नलाई चाहिने सबै सामान राखेकि छन् उनले । मानौं कि त्यो नै उनको नीजी जग्गा हो । नीजी जग्गा भएपनि उनी बस्ने ठाउँ एक प्रकारले उनकै जस्तो भएको छ । किनकी उनी बाहेक त्यस ठाउँमा मैले कसैलाई देखेकि पनि छैन ।
गन्न नसकिने गरि अनुहारमा चाउरी पना देखिएपनि मुस्कुराई रहने उनको हँसिलो बानीले जो कसैलाई पनि आनन्दित बनाउँछ । मकै खान आउनेकालागि सहुलियत स्वरुप बस्न भनेर एउटा लामो बेन्च राखेकी छिन् उनले । बेन्चको छेउमै काठको ठुलो मुढा छ । जस्माथि एक ग्लास कालो चिया जहिले भरिएको देख्न सकिन्छ । पिउन मन लागेर मगाएको चिया पिउने सम्म फुर्सद छैन नन्दमायालाई । हँसिलो अनुहार बनाएर बोल्ने उनको बानीले पनि होला मकैलाई जस्तै उनलाई पनि मकै खान आउनहरुले मन पराएको पाएँ मैले ।
अरु दिन झैं मंगलबारको दिन पनि मैले ती आमालाई ¥याडनको सडक छेउमा मकै पोल्दै गरेको देखें । जस्लाई मकै पोलेर बेच्नु बाहेक अरु केही पनि सुर्ता छैन । म त्यसदिन पनि अफिसको काम सक्काएर त्यही बाटो फर्कंदै थिएँ । मलाई उनीसंग कुरा गर्न मन लाग्यो । मकै खासै मन नपर्ने भएपनि म उनीसंग कुरा गर्नकैलागि मकै खाने निहुँ पारेर गएँ । म उनले राखेको बेन्चमा गएर निकै बेरसम्म बसिरहँदा पनि उनले म तिर हेरिनन् । मैले नै उनलाई बोलाएँपछि भने सधंै बाटोबाटै देखिरहेको उही हँसिलो मुहार मुस्कुराउँदै मतिर पुर्लुक्क हेरिन् ।
सधंै उनलाई बाटोबाटै नियाल्थें । त्यस दिन भने नजिकैबाट नियाल्न पाएँ । जाडो, गर्मी जनसुकै मौसम भएपनि लाएको एकसरो लुगामाथि काति परेको, त्यो पनि काखिमा च्यातिएको सुन्तला रङ्गको स्वटर लाउने उनको बानी नै रहेछ । तपाँई यो सुईटर बारैमास लगाउनु हुन्छ ? भनेर सोध्दा उनले मुस्कुराउँदै भनिन्–“यो नलगाईत म बस्नै सक्दिन । आगोले पोल्छ भनेर लाउने गरेको छु ।” जुनसुकै रङ्गको भएपनि कपडाले टाउको कस्नै पर्ने बानी भएकी उनी प्लाईउडको सानो टुक्रामा बसेर त्यस ठाउँमा विगत १२ वर्षदेखि मकै पोल्दै आएकी रहेछिन् ।
श्रीमान टेक बहादुर कार्कीले रक्सि खाएकै सुरमा १०५ रोपनी जग्गा बेचेपछि उनी यो अवस्थामा पुगेकी रहेछिन् । गाउँमै पनि सानो पसल गरेर बसेकी नन्दमाया बेलुका पसल बन्द गरेर घर फर्कंदा घरमा एक अपरिचत व्यक्ति आएर तपाँईको लोग्नेले यो घर सहित भएको सबै जग्गा बेचेको हुनाले भोलि नै तपाँईहरु यो घर छाडिदिनु होला भन्ने सन्देश छाडेर गएको कुरा एक सुरमा मकै फर्काउँदै निकै नै भावुक स्वरमा सुनाईन् ।
साबिकको बर्बटे गाविस वडा नं. ९ र हालको ईलाम नगरपालिका ५ धारापानीकी नन्दमायाले श्रीमानको रक्सि खाने बानी भएपनि यसरी घर जग्गा नै बेचेर घर न घाटको बनाउलान् भन्ने उनले कहिल्यै नसोचेको बताईन् । “रक्सि त उहाँको लागि दाल भात जस्तै थियो । तर रक्सिको लतमा यतिसम्मको नीच काम गर्लान् यो मेरो लागि कल्पना भन्दा परको कुरा थियो ।” उनले भनिन् । १३ वर्षकै उमेरमा धुमधाम माईतिले अनमाएर टेक बहादुरको जिम्मा लाएको भएपनि बिचल्लि पर्दाको त्यो अवस्थामा उनी माईति भनेर आफ्नो दुःख बिसाउन माईत नगई काठमाणडौ छिरेकी रहिछन् ।
“गोडा धोएरै दिएका हुन् । परेको बेला माईती नै ओत लाग्ने छानो हुन्छन् चेलीका लागि भन्ने थाहा भएर के गर्नु ? ज्यान एक्लो थिएन । ३ जना छोरा छोरी थिए । यस्ता लालाबालासंग माईतिको आँगन टेक्ने आँटै आएन ।” मकै खान आउने ग्राहकहरुको सम्म वास्ता नगरि उनले आफ्ना जीवनका अंतरंगहरुलाई सुनाईन् । काठमाण्डौमा अवसर पाईन्छ भन्ने सुनेकी नन्दमायाले माईतीको घर भन्दा काठमाण्डौको यात्रालाई रोजिन् । अनि लागिन् आज भन्दा २१ वर्ष पहिले आफ्ना ३ सन्तानलाई काखि च्यापेर काठमाण्डौको यात्रामा । काठमाण्डौको पहिलो रात बसपार्कको पेटीमा बितेछ नन्दमायाको ।
भोलिपल्टको बिहानसंगै घर निर्माणकोलागि मसाला बोक्ने कामबाट उनको काठमाण्डौको संघर्ष शुरु हुन्छ । ५ वर्षको जेठो छोरोको जिम्मामा २ र १ वर्षका छोराछोरीलाई छाड्दै उनी बन्दै गरेको घरको लागि मसाला बोक्न जान्थिन्–“छोरा छोरीलाई भोकै मार्नु त भएननि ? धन्न एकजना दाईको सहयोगमा मसाला बोक्ने भएपनि काम पाएँ । दिन भरि म काममा जान्थें साँझ घर फर्किएर छोराछोरीलाई रुखोसुखो खाना खुवाएर सुताउँथे ।” उनले भनिन् । राम्रो स्कूलमा पढाउँला । आफ्नो सन्तानलाई ठुलो मान्छे भएको हेरौंला भन्ने कत्रो धोको थियो तर राम्रो स्कूलमा भर्ना गर्न सकिन ।
यो कुराले जीवनभरि नै सताई रहने उनले सुनाईन् । घर बनाउने मसला बोकेरै १० वर्षसम्म नन्दमायाले आफु र आफ्नो छोराछोरीलाई पालि रहिन् । समयसंगै उनी पनि बिस्तारै कम्जोर हुँदै गईन् । अनि मसला बोक्ने काम छाडेर उनले मकै बोक्ने काम रोजिन् । नन्दमाया भन्छिन्–“पहिला पो बंैस थियो । बलियो थिएँ । जस्तो भन्यो त्यस्तै भारि बोक्न सक्थें । सधैं त्यो उमेर काहाँ र ? पछिपछि कम्जोर हुँदै गएँ । मसला बोकेर निकै माथि पु¥याउनु पथ्र्याे । नसक्ने भएपछि मैले त्यो काम छाडेर मकै बेच्न शुरु गरें ।”
हरेक दिन बिहान ४ बजे उठेर तरकारी लिन जाने गाडीमा कालिमाटीसम्म पुग्नु हिजो आजको उनको दैनिकी नै बनेको छ । यो दैनिकी उनको विगत १२ वर्षदेखि बन्दै आईरहेकोे छ । नन्दमायाले प्रतिदिन गोटाको सय वटा मकै पोलेर बेचि रहेकी हुन्छिन् । १५ रुपैंया तिरेर किनेको एउटा मकैबाट आफुले १० रुपंैया नाफा लिने गरेको बताउँछिन् नन्दमाया । १५ सय खरिद गरेर किनेको मकैबाट नन्दमायाले दिनको ४ सय देखि ५ सय सम्मको नाफा कमाउने गरेको बताईन्–“राम्रा र सप्रेका मकै परेछन् भने दिनमा ५ सय जति फाईदा हुन्छ ।
कलिला, दाना त्यसमा पनि साना र कम दाना भएका मकै परे दिनको ४ सय जति फाईदा हुन्छ ।” मकै पोल्दा पोल्दै हातका छाला नै मरेको बताउने नन्दकलाले आगो र तातिएको मकै समात्दा समात्दै छाला नै रातो र दह्रो भएको हात देखेउँदै भनिन्–“जिन्दगीको कमाई खाने व्यवसाय नै यही हो अब मेरो ।” रक्सिको नशामा डुबेर घर जग्गा सहित श्रीमति र आफ्ना बाल बच्चालाई बिचल्लि पार्ने टेक बहादुरको भने अहिले सम्म केही अत्तोपत्तो नभएको बताईन् नन्दमायाले । “जुन दिन घरमा नचिनेको मान्छे आएर भोलि घर छाडिदिनु भन्ने कुरा सुनायो । त्यसैको भोलि पल्ट म बच्चा समातेर काठमाण्डौ लागें ।” नन्दमायाले भनिन् ।
आफु अन्मिएर आएको घर छोड्दाको कैयौं दिन अघि नन्दमायाको श्रीमान पहिले नै घरबाट निस्किएको बताउँछिन् नन्दमाया,–“रक्सिको मातमा डुबेपछि आफ्नै घरमा आउँदा पनि परदेशबाट आए जस्तो गर्थे । छिमेक मै, बाटोघाटो सुत्थे बरु तर घर आउने कहिल्यै हेक्का हुदैनथ्यो उनलाई । म आजित भैसकेकी थिएँ उनको बानीदेखि । मैले घर छोड्दा पनि उनी घरमा थिएनन् । जग्गा बेचेर उनी पहिला नै निस्कि सकेका थिए । त्यसैले उनी काहाँ छन् अहिलेसम्म केही खबर छैन मसंग ।” उनले भनिन् ।
नन्दमाया अहिले निकै नै खुशि छिन् । पहिलाको दिनहरु सम्झन चाहादिनन् उनी । भन्छिन्–“ती दिनहरु सम्झिँए भने मलाई रोएरै बस्न मात्रै मन लाग्छ । रोएरै बसें भने मकै पोल्नै बिर्सन्छु । पालिनु त प¥यो नि ? त्यसैले म सम्झनै चाहाँदिन पुराना दिनलाई ।” कतिबेला के हुन्छ भन्ने ग्यारेन्टि नै नभएको जिन्दगीको परिभाषा बताउने नन्दमाया अहिले ¥याडीसनमा एउटा सानो कोठा लिएर आफ्नै भदैसंगै बस्दै आएकी छन् । स–साना कलिला छोराछोरी पनि अहिले ठुला भईसकेका छन् । यति ठुला कि आफ्नी आमालाई साथमा राख्ने उनीहरुसंग छानो र मानो छैन ।
जेठो छोरा बिवाह गरेर आफ्नै संसारमा रमाएका छन् भने कान्छो छोरा विदेश । छोरीलाई नन्दमायाले बिहे गरेर अर्कैको जिम्मा लाएकि छन् । अरुको जस्तै छोरा बुहारीसंग बस्ने चाहाना उनको पनि हुँदो हो । तर दुभाग्य उनको त्यो चाहाना मनमै कैद भएको छ । श्रीमान र छोराछोरीबाट अलग बस्नु पर्ने परिस्थिती फरक भएपनि अहिले नन्दमाया सबैबाट एक्लो भएर बाँचिरहेकी छन् । सलाम छ उनको हिम्मतलाई । हामीसंगको कुराकानीमा उनले आफ्ना छोराछोरीको बारेमा केही भन्न चाहीनन् । भनेर उनीहरुको खुशहाल बितिरहेको जिन्दगीमा घमिलो पना नआओस् भन्न चाहान्छिन् नन्दकला त्यसैले सम्मान छ उनको ममतालाई अनि सलाम छ उनको मातृत्वलाई ।






