बाँके, नेपालगञ्ज । सामाजिक सेवामा समर्पित रहदै आएको विश्वको ठुलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल विश्वले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । लायन्सका संस्थापक जोन्सको जन्मोत्सवका अवसरमा संस्थाले बाँके र बर्दियाका विभिन्न स्थानहरुमा फरक शिर्षकका साथ सामाजिक कार्यक्रमहरुको आयोजना गर्ने भएको हो । लायन्सका पूर्व डिष्ट्रिक्ट गर्भनर श्याम शाक्तले पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
उनका अनुसार पौष २३ गते लायन्सले नेपालगन्जको पुरैनी स्वास्थ्य चौकीमा महिला क्यान्सर सम्बन्धी परीक्षण क्याम्प राख्ने भएको छ । २३ गतेबाट शुरु हुने लायन्सको साप्ताहा व्यापी कार्यक्रम अनुसार नेपालगन्जमा न्यानो कपडा वितरण, आँखा शिविर, नीलसागर सेवाश्रम कोहलपुर, समाज विकास प्रवद्र्धन केन्द्र तेजनगर, नेपालगन्ज–१८ स्थित दृष्टिविहीन बालबालिका, अन्जनी माता रसोईमा खाद्यान्न वितरण गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसैगरी खजुरा क्षेत्रमा रोजगार र लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना, कोहलपुरको त्रिभुवन मावि, बैजनाथको नेपाल राष्ट्रिय मावि बैजनाथमा शैक्षिक सामाग्री वितरण गरिने संयोजक बस्नेतले जानकारी दिइन् । त्यस्तै, नेपालगन्जको बसपार्कमा एचआइभी सम्बन्धी कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर, जानकी गाउँपालिकाको भाटनपुरवामा दात शिविर, मनिकापुर थपुवामा नाक, कान, घाँटी शिविर, मानसेवा आश्रम नेपालगन्जमा सर्जिकल र औषधी वितरण, जनता मावि नयाँ वस्ती राँझामा स्यानेटरी प्याड भेन्डीङ मेशीन वितरण लगायतका कार्यक्रम रहेका छन् ।
संयोजक बस्नेतका अनुसार बर्दियाको बढैयाताल स्थित नेपाल राष्ट्रिय माविमा शैक्षिक सामाग्री वितरण गरिने छ । लायन्सका पुर्व गभर्नर मधु सुदन शर्माको प्रमुख आतिथ्यमा आयोजना गरीएको पत्रकार सम्मेलनमा यही पुष २३ गतेदेखि २९ गते सम्म कार्यक्रम गरिने छ । पत्रकार सम्मेलनमा बाँके र बर्दियका विभिन्न लायन्स क्लबहरुको आयोजनामा हुने कार्याक्रम विभिन्न ठाउँमा संचालन हुने लायन्स जिल्ला सल्लाकार उमा थापा मगरले बताईन ।
सन १९१७ सालमा मेल्बिन जोन्सले स्थापना गरेको लायन्स क्लव इन्टरनेशनलमा १४ लाखबढि सदस्यहरु आबद्ध रहेका छन । १ सय ५ वर्ष देखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन १९७१ सालदेखि नेपालगमा समेत क्रियाशिल रहेदै आएको छ । हालसम्म नेपालमा करिब ५० हजार सदस्यहरु आवद्ध रहेका छन भने बाँकेमा हालसम्म पाँच सय बढि सदस्यहरु रहेका छन् ।









