काठमाण्डौ । सर्भिस सेन्टरमा राखिएका तीनवटा मोटरसाइकलमा गुडिरहेको एक मोटरसाइकल आएर ठोक्कियो । त्यसमा दुई जना सवार थिए । ठक्कर खाना साथ मोटरसाइकलमा आगो लाग्यो । त्यसमा सवार एक जनाको निधन भयो भने अर्का एक गम्भिर घाइेत भए । मोटरसाइकलमा लागेको आगोले जिउँदै जलेका ३१ वर्षका अरविन्दको निधन भएको हो । उनका साथी गम्भिर घाईते भए ।
यो घटना भारतको काकोरीमा भएको हो । सर्भिस सेन्टरमा राखिएको मोटरसाइकलमा ठक्कर खाएपछि मोटरसाइलकको पेट्रोलको ट्यांकर फुट्यो त्यसमा भएको पेट्रोल मोटरसाइलमा सवारहरु माथि खनियो । अनि आगो लागेको थियो ।
गहलवारा निवासी अरविंद बाइक लिएर आफ्नो इंदवारा गांव निवासी साथी सोनू रावतसंग घर बाहिर घुम्न निस्केका थिए । बड़ागांवको नजिक पुग्ना साथ आगरा एक्सप्रेस वाटोको अन्डरपास उन्नाव तर्फ जाँदा अर्को मोटरसाइकलले उनीहरुको मोटरसाइलकलाई ठक्कर दियो । ठक्कर पछि मोटरसाइकलको सन्तुलन विग्रिएर सर्भिस सेन्टरमा भएका तीन मोटरसाइकलमा ठक्कर खान पुग्यो ।
चारवटै मोटरसाइकलमा आगो लाग्यो । हेर्दा हेर्दै अरविन्दको मोटरसाइकलको ट्यांग्की फुट्यो । पेट्रोल उनीहरु माथि पर्यो । अरविन्द आगोमा परे । उनका साथीले सहायता माग्दै यताउता कराउँदै दौडिए । अरविन्दको साथीलाई देखेर वरपरकाले आगो निभाइदिए तर अरविन्द तर्फ कसैको ध्यान गएन । त्यतीन्जेल अरविन्दको निधन भइसकेको थियो । एजेन्सी






