काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।
दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।
यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिनुभएको थियो । यसपटक पनि उहाँले अर्थमन्त्री पाउने सम्भावना छ । रासस
योपनि गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत
कास्की । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले एमाले पार्टी सङ्गठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलको नेता चयन गरेको हो ।
दलको नेता बनेसँगै उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।






