पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । अघिल्लो साता निकुञ्ज टोलीले पर्सा क्षेत्र नम्बर ३९१० का प्रदेश सांसद प्रमोदकुमार जैसवालको घरबाट मृत जरायोको सिंहसहितको टाउको र हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्नेक्रममा सांसद जैसवालको नाममा रहेको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेर गाडी चोरीतस्करीमा प्रयोग भएको पाइएको थियो । निकुञ्ज अन्तर्गतको चौरभेया रेन्जपोस्ट र नेपाली आर्मीको संयुक्त गस्ती टोलीले कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गोली चलेको आवाज सुनेको थियो ।
त्यसपछि गस्ती टोली गोली चलेको तर्फ हिँडेरै गयो । त्यहीक्रममा कुदिरहेको बोलेरो गाडीबाट गस्ती टोलीमाथि गोली प्रहार भएको पर्सा निकुञ्जका वार्डेन अशोक रामले बताए । उनका अनुसार सेनाको टोलीले जवाफी फायर गर्दा उक्त गाडीको टायरमा गोली लागेको थियो । कान्तिपुर






