काठमाण्डौ । काठमाडौ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले काठमाण्डौको मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताएकी छिन् ।
बिहीबार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाण्डौ महानगरले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउँदै त्यसलाई पुनर्जीवित गर्नुपर्ने बताईन् ।
यसका निम्ति आफूले सकेको भूमिका निभाउने उनको भनाई छ । उनले भने,‘काठमाण्डौ महानगरपालिकाले मौलिकता गुमाएको छ । तर ती मौलिकतालाई पुनर्जीवित गर्नका महानगरले विभिन्न प्रयास गरिरहेको छ ।
त्यो प्रयासमा हामीले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । मौलिकता पुनर्जीवित गर्नका लागि म सकारात्मक छु ।’ उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिङ्गो देशकै मौलिकतालाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिईन् ।






