नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सा’मूहि’क क’रणी’पछि ह’ ‘त्या भएको छ । बालिकाको शव प्रहरीकै सहयोगमा ज’ला’इ’ए’को बिबिसीले जनाएको छ। प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा रहेको देखिएको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार एसपी नवीनचन्द्र झाको भनाइ उद्धृत गर्दै भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको जनाइएको छ। रञ्जनलाई निलम्बन गरिएको र उनका विरुद्ध एफआइआर दर्ता गराइने एसपी झाले बताएका छन् । मृतक बालिकाका बाबु सुरेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। उनका अनुसार यो घटना २१ जनवरीको हो। सुरेशकी पत्नी नेपाल नेपाल आएका बेला र उनी आफू मजदुरी गर्न गएका बेला यो घटना भएको हो । उनका छोरा कुनै कामले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि यो घटना भएको हो । ४ बजे छोरा बजारबाट फर्किने क्रममा घरभेटीले उनलाई घरमा जान रोकेको, ज ‘ब’र’ज’स्ती जाँदा बहिनी घाइते अवस्थामा जमिनमा रहेको उल्लेख गरिएको छ ।
घटनाका बारेमा छोराले जानकारी गराएपछि आफू तत्काल घर पुगेको, छोरीको घाँ’ ‘टीमा नि’ ‘ल डा’ ‘म देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको सुरेशले जनाएका छन् । त्यसलगत्तै घटनामा संलग्नहरू एकै ठाउँमा जम्मा भएर बालिकाको शव ज’ला’उ’न द’बा’ब’ दिएको बाबु सुरेशले जाहेरीमा उल्लेख गरेका छन् ।
बालिकाको घटनामा संलग्न देवेन्द्रकुमार साहले बालिकाको शव तत्कालै न’ज’ला’ए’मा बाबुछोराको नै ज्यान लिएर नेपालमा फा’लि’दि’ने ‘ध’म्की’ दिएको, पछि सादा कागजमा औंठा छाप लगाएर राति १२ बजे ‘जब’र’ज’स्ती’ सडक किनारमा नुन र चिनी राखेर जलाइएको र बिहानै सुरेशलाई नेपाल ल’खे’टे’को जाहेरीमा उल्लेख गरिएको छ ।
उक्त घटनाका बारेमा प्रहरीलाई जाहेरी दिएपछि शुक्रबार एक अडियो सोशल मिडियामा भाइरल भएको थियो । घटनाको बारेमा स्थानीय थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रहेश साहबीचको कुराकानी छ । उक्त कुराकानीमा थानाध्यक्षले अभियुक्तलाई मृतक बालिकाको शव व्यवस्थापन गरेर उनको चिसोका कारण मृत्यु भएको बताउन भनेका छन् । घटनामा संलग्न दुईजनालाई गिरफ्तार गरिसकिएको र बाँकी अभियुक्तलाई पनि गिरफ्तारीको तयारी भइरहेको प्रहरीले जनाएको बिबिसीले लेखेको छ ।






