काठमाण्डौ । नेकपा माओबादी केन्द्रलाई काठमाण्डौका जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् । माओबादी द्वन्द्वले आक्रान्त उपत्यकाबासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाण्डौका १० मध्ये ४ र ललितपुरका ३ वटै क्षेत्रबाट माओबादीलाई स्वागत गरेका थिए ।
यसपटक कुनै पनि क्षेत्रबाट माओबादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन् । २०६४ सालको निर्वाचनपछि माओबादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ । स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन,
माओबादी केन्द्रले एमाले वा कविसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए ।
भखरै शान्तिप्रक्रियामा आएको माओबादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो । माओबादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो । नागरिक दैनिक






