रुपनी जि.एम, बाँके । ‘प्रहरीको जागिर खान्छु भनेर खाएको हैन । त्यो समयमा आर्मीको पनि संगै नै खुलेको थियो । तर साथीहरुले प्रहरी मै फारम भरौं न भन्ने सल्ला गरे । भरेको त पास भईहाल्यो ।’ यो भनाई हो प्रहरी नायव उपरीक्षक ऐन बहादुर मल्लको । उनी यतिबेला बाँकेको कोहलपुर ईलाका ईन्चार्ज भएर उक्त क्षेत्रमा आफ्नो जिम्मेवारी सम्हाली रहेका छन् ।
कानून विषयका विद्यार्थी उनी पढाईसंगसंगै गेम पनि खेल्ने भएको हुनाले पास गर्न सजिलो नै हुन्छ भन्ने साथीहरुको सल्लाहमा प्रहरी बनेको उनी बताउँछन्,‘यो क्षेत्रमा आफ्नो नीजी जिन्दगी भन्ने नै हुँदैन । जतिबेला पनि जनताको सुरक्षाको लागि तैनाथ रहनु पर्ने हुन्छ । रपनि जनताको निम्ति रात दिन चाडबाड केही नभनि फिल्डमा खटिन पाउँदा निकै नै गौरव लाग्छ ।’
डिएस पि मल्लेले २०५० सालमा प्रहरी साहायक निरीक्षकमा आवेदन दिएर सिधै एउटा अफिसर तहको जिम्मेवारीमा नाम निकाल्न सफल भएका थिए । दैलेख नारायण नगरपालिका वडा नं. १ नयाँबजारका उनले पढाईकै शिलशिलामा प्रहरीको जागिर खाएका थिए । पहिलो पटक प्रहरीमा जागिर खानकालागि आवेदन भरेका उनलाई आफ्नो नाम निस्कन्छ भन्नेमा ढुक्क नै रहेको बताए ।
उनले भने,‘आवेदन भरियो । भरेपछि के होला ? कसो होला भन्ने खासै त्यस्तो चिन्ता नै भएन । हामी फ्रेस नै थियौं । नाम निस्कनेमा अलिअलि ढुक्कै नै थियौं भन्दा खासै फरक नपर्ला ।’ परिवारसंग कुनैपनि प्रकारको सल्लाह नलिएरै प्रहरी बनेका डिएस पि ऐन बहादुुर मल्ललाई परिवारको समर्थन पाएको उनले बताए । प्रहरीमा जागीर नखाएको भए राजनीतिकर्मी बन्ने सम्भावना भएको उनको भनाई छ ।
२२ वर्षकै उमेरमा फ्रेस प्रहरी साहायक निरीक्षक बनेका ऐन बहादुर मल्लको बाँके जिल्लामा यो चौंथो पटकको पोस्टिंग हो । वि.सं. २०६४ सालको निर्वाचनमा बाँकेको खजुरा खुर्दमा प्रहरी नायव निरीक्षकमा आएका उनी झण्डै ६, ७ महिना काठमाण्डौ फर्किएर अपराध अनुसन्धान महाशाखामा कार्यरत भए । त्यहाँ उनले झण्डै साढे ३ बर्षको समय बिताए । त्यो समयमा राम्ररी आफ्नो जिम्मेवारी सम्हालेको हुनाले उनले प्रहरी निरीक्षकमा प्रमोशन (बढुवा) पाए ।
ईन्सपेक्टरमा बढुवा भएसंगै केन्द्रिय अनुसन्धान ब्यूरोमा झण्डै १ वर्ष कार्यरत डिएस पि मल्लको फेरी बाँके सरुवा भयो । उनले नेपालगञ्जको वडा सम्हाल्ने जिम्मेवारी पाए र त्यो समय उनले लगभग १८ महिना बाँकेमा बिताए । बाँकेबाट डि एस पि मल्ल सिधै प्यूठानमा सरुवा हुन पुगे । प्यूठानमा उनले १५ महिना प्रहरी निरीक्षक भएरै आफ्नो जिम्मेवारी सम्हाले । त्यसपछि उनी फर्पिंगमा सरुवा भए । उनले त्यहाँ खासै लामो समय बिताउन परेन । फर्पिंगमा उनले जम्मा ९ महिना बिताएछि उनको फेरी विरगञ्जमा सरुवा हुन पुग्यो ।
त्यो समय मधेशमा चर्किएको आन्दोलनको सुरक्षा पुर्ण जिम्मेवारी सम्हाल्न उनी विरगञ्ज तैनाथ भए । सरुवा हुने क्रममा उनले पनहः हेडक्वाटरमा झण्डै २ वर्ष बसे । त्याहाँबाट उनी सिधैं ट्राफिकको जिम्मेवारी सम्हाल्न पोखरा पुगे । पोखराबाटा काठमाणडै हुँदै फेरी बाँकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका ऐन बहादुरले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा २ महिना नपुग्दै उनी प्रहरी नायव उपरिक्षक (डिएस पि)मा बढुवा भए ।
उमेरले झण्डै ५ दशक लागि सकेका डिएस पि ऐन बहादुर मल्ललाई सरुवा र बढुवा हुने क्रममा सबैभन्दा अविस्मरणीय जिल्ला कुन रह्यो भनेर प्रश्न गर्दा उनी भन्छन्,‘जिल्ला भन्दा पनि हामीले टिममा काम गर्यौं । त्यसरी टिममा काम गर्दा अपराध महाशाखाको अनुभव अलि बेसी सम्झनामा आउने गर्दछ । त्यसपछि विरगञ्जको मधेश आन्दोलन निकै नै चुनौतिपुर्ण नै थियो । त्यसले गर्दापनि मलाई त्यो पल स्मरणीय नै लाग्छ । मेरो सम्झनामा नेपालगञ्ज पनि कम छैन । किनभने त्यतिबेला अखण्ड मध्यपश्चिम र सुदुरपश्चिम आन्दोलन चर्किएको थियो । जस्मा साम्प्रदायिक भावनालाई निकै नै नाजुक तरिकाले सम्हाल्नु पर्ने जिम्मेवारी थियो ।’
आफ्ना अुनभवलाई सुनाउने क्रममा उनले ट्राफिक व्यवस्थापनमा पाएको जिम्मेवारीलाई पनि स्मरण गर्दै सुनाए । हेडक्वाटर र देशका विभिन्न जिल्ला हुँदै सरुवा र बढुवा हुँदै गर्दा उनले वर्तमान अवस्थामा कार्यरत बाँकेको कोहलपुर ईलाकाको फरक पनका बारेमा केही कुरा सुुनाए,‘हामीले हाम्रै ईलाकाबाट मुद्या चलाउँछौं । अनुसन्धानको पाटोमा पहिला अर्को टिम आएर गर्ने गथ्र्यो भने अहिले हामी आफैले नै गर्ने छौं ।’
विभिन्न पदको जिम्मेवारी सम्हाल्ने क्रममा बाँकेमा लामो समय बसेका डिएस पि ऐन बहादुर मल्लको नजरमा बाँकेलाई विशेष गरेर लागुऔषधले नै ग्रस्त बनाउँदै लगेको बताउँछन् । उनी भन्छन्,‘बाँके अरु तराई जिल्ला जस्तै अपराध कै जिल्लामा पर्दछ । तर विशेष गरेर यहाँ लागुऔषधको अपराध बढ्दै गई रहेको छ । यस्तो हुनुमा यहाँको खुुला सिमा पनि एक प्रमुख कारण हो । सुदुर र मध्यपश्चिम गरेर २४ जिल्लाको केन्द्र बिन्दु भएको हुनाले पनि यहाँ अपराध अलि बढी हुने गर्दछ ।’
अपराध न्यूनिकरणकालागि यहाँ सम्बन्धित जतिपनि कार्यरत संघ संस्थाहरु छन् उनीहरुले प्रभावकारी रुपमा खासै काम गर्न नसकेको उनको भनाई छ । लागू औषध नियन्त्रणमा बाँकेका राजनीतिक दलहरुले पनि खासै चासो नदिएको उनी बताउँछन् ।






