काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादललाई पूर्वमन्त्री बिना मगरले धेरै नगर्जिन चेतावनी दिएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकी नेतृ बिनाले बादलले शुक्रबार नायारणहीटी दरबार अगाडी आयोजित सभामा दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै उक्त चेतावनी दिएकी हुन् ।
उनले बादललाई हेक्का राख्न समेत भनेकी छिन् । प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वाँस दिएको भन्दै बादलको गर्जन क्षणिक हुने तर्क गरेकी छिन् । नेकपा विभाजनपछि पूर्व माओवादी बादल ओली समूहमा गएपछि उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले पछिल्लो समय माधव कुमार नेपल र झलनाथ खनालकोभन्दा पनि प्रचण्डको निकै विरोध गर्दै आईरहेका छन् ।
सामाजिक सञ्जालमा प्रचण्डकी बुहारी बिनाले लेखेकी छन्,‘आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो, हिमपात, केही बर्षा, अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा,पारिलो घामको न्यानो खोजिनै रहयो । सन्दर्भ पनि क्या गजबको, आज बादल क्षितिजमा हैनकी, नारायणहिटी दरबार अगाडी गर्जिएछ । बादललाई बादल बनाउने धरातल माथि ब्याड्ंग्य कसदै प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ । हेक्का रहोस् बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ । मौसम उर्घिए संगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ ।’






