रुपनी जि.एम
बाँके । बाँकेको नरैनापुर गाउँपालिका यो वर्ष खडेरीकै कारण सुख्खा हुन पुगेको छ । त्याहाँका किसानहरुले वर्षा याममा धान खेती लगाउन पाएनन् । समयमै पानी नपर्दा कसैको खेत बाँझै रह्यो भने कसैले मोटर चलाएर लगाएको खेती पनि पानी नपर्दा सुख्खा भएको छ ।
सिंगो पालिका नै सुख्खा क्षेत्र घोषणा गरिएको अवस्थामा त्याहाँका किसानहरु चिन्तित छन् । खेतमा धान छैन त्यसैले कुनै काम छैन भन्दै हिजोआज नरैनापुरका किसानहरु एकआपसमा बसी वियालो गर्दै बाटोको छेऊमा, चौतारोमा र कसैको घरमा भेला भएर भलाकुसारी गरी रहेका हुन्छन् ।
त्यसरी भेला भईरहेको अवस्थामा सोही पालिकाको वडा नं. ५ का केवल धोबीले आफ्ना कुरा जम्मा भएका गाउँलेहरुलाई सुनाई रहेको हामीले सुन्यौं । चौतारोमा जम्मा भएका गाउँलेहरुलाई उनले आफ्नो पिरलो यसरी सुनाउँदै थिए,‘बर्खामा छाना चुहिने पिरलो हटेर के गर्नु ? पानि नपरेर खेतमा धान सुकेको छ । दुई छोरा दुई छोरी र पत्नी गरी ६ जनाको परिवार छन् । कसरी पाल्ने हो ? महंगीले पनि आकाश छोएको छ ।
खेती बाहेक अरु कुनै जागिर पनि छैन । भोकमरीकै कारण मरिने त होला अब । ’
चार कठ्ठा जग्गामा खेती गरेर जिबन निर्भाह गर्दै आएका उनको घरमा अहिले खाने चामलको दाना छैन् । सिमावर्ती गाउबाट उनि चामल किनेर ल्याएर खान्छन् दैनिक मजदुरी गरेर छाक टार्नुको बिकल्प छैन् ।
‘गाउमा मजदुरी गरौ भने पनि नियमीत काम पनि छैन् ।’ उनले भने, यो शहर होइन् काम पनि पाइदैन् । काम हुदा खाने नहुदा छोराछोरी लाइ खुवाएर भोकै बस्नुपर्ने बाध्यता छ ।’
नरैनापुरको मटैहवा नेवाजी गाउ भगवानपुर गाउ सुख्खाले भोकमरीको चपेटामा छ । नरैनापुर गाउपालिका –५ ,मटहैयाका चेतराम धोबी ८ जनाको परिवार छ ४ कठ्ठाजमिन छ । उनि अरुको बटैया पनि लगाउछन् । तर यो पटक सुख्ख परेपछि उत्पादन भएन् । उनि अहिले चामल किनेर खाने अवस्थामा छन् । गत बर्ष भारी बर्षाले धानमा भएको क्षतिको पैसा समेत पाएका छैनन् । नेता आफैलाइ ठिक्क हुन्छ ।
घरमा भएको रासन सकियो धान भित्रयाउने चटारोमा खेतभरी घास मात्र पलाएका छन् ।’उनले भने, राहत दिने नजिकको सरकार काग्रेस एमाले फोरम भन्दै राहत बाडछन् । जनताको दुंखसुखमा साथ दिदैनन् ।’ खेती गर्न मुस्कील छ । सरकारले दिए पनि गाउकै नेताले पचाउछन् ।’
पानि परेपनि समयमा मल पाउन मुस्कील छ नेपालमा मल पाइदैन् भारतबाट मल ल्याउनुपर्छ । नेपालमा प्रहरीले लखेटछन् चार पाचसय रुपैयाको लिटर तेल हालेर खेत जोतीयो ’उनले भने,‘दशारा दिपावली सम्म पुग्ने बाली घरमा छ ।
त्यसपछि खाने चामल काहा बाट ल्याउने चिन्तामा छौ ।’ नरैनापुर गाउका अधिकाशं युवा कामका लागि भारत पस्दै छन् । नरैनापुर गाउँपालिका ५, नेवाजी गाउका ६५ बर्षिय लक्ष्मण प्रसाद मौर्य परिवार ठुलो छ । तर उनि पत्नी एक्लै बस्न सक्छन् । बटैयाले गुजारा चलेको थियो । नदि छेउमा रहेको उनको जग्गा उनि बटैया दिन्थे यो बर्ष सुख्खालले खेती भएर । प्यारेलाइस भएर बिस्तारामा ढलेकी छन् । चार छोरा छुटिएर बसेका छन् । छोराहरुको पालै पालो रासन दिएपछि उनि दुइ छाक टार्छन् ।

‘जब चुनाव आउछ नेताहरु घरमा पुगेर अनेकौ बाचा गर्छन् । अहिले यस्तो अवस्थामा हामी लाइ हेर्न कोहि आएका छैनन् । ’नेता आए मन्त्री आए हाम्रो दैलो सम्म पुगेका छैनन् । कुनै मदत गरौ भन्ने कोहि आउदैनन् ।’
संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा गर्ने आश्वासन बाडेका थिए ।तर उनिहरुले नजिकको स्थानीय तहबाट कुनै राहत पाउन सकेका छैनन् ।
सुक्खाग्रस्त घोषणा भएको नरैनापुर गापालिकामा भोकमरी हुन थालेको भन्दै स्थानीयहरू राहत माग्न गाउपालिका सम्म पुगे । सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न स्थानीय गाउँपालिका पुगेका थिए । सुक्खा खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बँझै रहेका छन् ।
आकाशे पानिको निर्भरता दिर्घकालिन सिचाइको पुर्वाधार निर्माणमा गाउपालिका केन्द्रित छ । ६ वटा वडा रहेको नरैनापुरमा वडा नं ४ ३,१ ,५, ६ वडाहरु भोकमरीको जोखिममा छन् । नरैनापुर गाउपालिका कृषि शाखाका प्रमुख सदन भण्डारी अनुसार भोकमरीको अवस्था अहिले आइसकेको छैन् ।
बाली भित्रयाउने समय नआइसकेका ले ठयाक्कै भोकमरीको अवस्था भयो भन्ने अवस्था छैन् ’उनले भने,‘धानको उत्पादन समयमा उत्पादन र क्षेतीको लागत संकलन गरी बास्तबीक पिडीतहरुका लागि खाद्य सुरक्षाको लागि सहयोग गर्ने सोच बनाएका छौ ।’
गाउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरीको अवस्था सुरु भएको बताए । ‘भोकमरीबाट पीडित किसानहरू अहिले ठूलो संख्यामा गाउपालिका आउने गरेका छन् ।
उनले भने‘किसानहरुको समस्याका सवालमा संघिय सरकार संग हारगुहार गरिरहेका छौ’ नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाले जनाएको छ ।






