काठमाडौ । देशमा राजनीतिक अवस्थामा खलबली रहेको बेला नेताहरु त आन्दोलनमा थिए थिए । अब त ट्याक्सी चालक तथा व्यवसायीहरुपनि आन्दोलनमा उत्रिएका छन् । आफूहरुको व्यवसाय र पेशा नै जोखिममा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुको भनाई अनुासर टुटल र पठाओले सेवा दिन थालेपछि आफुहरुको व्यवसाय संकटमा परेको छ । उनीहरुले यात्रु कमै पाउन थालेका छन् । निजी सवारी साधान भाडामा प्रयोग गर्न नमिल्ने भन्दै ट्याक्सी चालक तथा व्यवसायीले विरोध गर्दै आएका छन् ।
पछिल्लो समयमा टुटल र पठाओले सस्तो भाडामा सेवा दिएको हुनाले ग्राहकहरुको आर्कर्षकको विषय बनेको छ टुटल र पठाओ ।
ट्याक्सी चालकहरुले मनोमानी ढंगले यात्रुहरुबाट भाडा लिदै आई रहेको बेला टुटल र पठाओले नेटमा नै भाडा फिक्स गरेको व्यवस्था गरिदिएको हुनाले हिजो आज ट्याक्सीमाभन्दा टुटल र पठाओमा नै यात्रुहरु सवार हुने क्रम बढ्दो रहेको पाईएको छ ।






