काठमाडौ । कञ्चनपुरकी निर्मलाको घटना साम्य नहुँदै बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानीमा फेरी त्यस्तै अर्को एउटा घटना घटेको छ । अहिले पुरै गाउँ शोकमा डुवेको छ । गाउँकी होनहार किशोरी भागरथी माथि भएको घटनाले गाउँलेका आँखाबाट पनि अविरल आँसु बगिरहेका छन। उनीहरुका आँसु रोकिएका छैनन् ।
भागरथीले सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैन। तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भगीरथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको छ । उनको कपडा च्या ति ए का छन् भने श रि र मा पनि डा म देखिएका छन् । स्कूलवाट घर फर्कदा भगिरथी हराएकी थिइन् । घटनास्थलमा उपस्थित प्राय सबैका आँखा रसाएका थिए ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको अपत्यारिलो खबर उनका परिवारहरुले स्वीकार्न विवश छन् । पति वियोगको आँसु नथामिदै छोरी गुमाउन पुगेकी द्रोपतीकालागी यो पिडा सहन सक्ने सिमाभन्दा निकै परको कुरा हो । बुधवार हराएकी छोरी घर फर्कली भन्ने आश गरेर बसेकी आमाले सहनै नसक्ने घटनाको सामना गर्नुपरेको छ ।
बिहीबार साँझ छोरीको मृत्युको खबरपछि उनी बेहोस नै भइन् । सुगरका बिरामी श्रीमानलाई गुमाएपछि साहारा बनेकी छोरी सदा सदाका लागि छोडेर गएपछि उनलाई बोलाउँदै घरी–घरी भक्कानिन्छिन् । वुवाको निधन पछि परिवारको आर्थिक जिम्मेवारी थपिएपछि उनका छोरा भर्खर भारत कमाउन गएका थिए । बहिनीको घटना थाहा पाएपछि उनी पनि फर्कदै छन् ।
ठुलो मान्छे बनाउने धोको राखेर पढाइरहेकी छोरी बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले कलिलैमा यसरी छोडेर जालिन् भन्ने सोचेकै थिइनन् । गाउँका अरु महिलाहरुले द्रोपतिलाई सम्हाल्ने कोसिस गरिरहेका छन् । रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेको जेठो छोरा बहीनीको खबरले घर फर्किरहेको छ । घर खर्च चलाउन र बहिनीको पढाई खर्च जुटाउन समस्या भएपछि नै कक्षा १० मा पढ्दापढ्दै उनी भारत पसेका थिए ।






