काठमाण्डौ । ‘आफु लचकदार नहुँदासम्म, केटालाई ईशारा नदिंदासम्म कुनैपनि केटा मान्छेको हिम्मत हुँदैन केटीलाई केही गरी हाल्नलाई । उत्ताउली हुने आफै, अनि बलात्कार गर्यो भनेर रुने पनि आफै ? त्यो केटीहरुलाई पनि दुई चार लठ्ठी हिर्काएर तेरो सहमति थियो कि थिएन भनेर सोध्नु पर्छ पुलिसले । सहमति भएर जाने अनि पछि बलात्कार गर्यो भन्न पाईन्छ ?’ यो भनाई हो ९२ वर्षिय भद्र कुमारी घलेको । भद्र कुमारीले यो उमेरमा पनि समसामयिक विषयहरुमा आफ्ना भनाई राख्दै आईरहेकी हुन्छिन् ।
सोही क्रममा उनले पछिल्लो पटक फेरी निलम्बित क्रिकेटर सन्दिप लामिछाने माथि लगाईएको बलात्कारको विषयमा आफ्नो जुनी भरीको अनुभव र विचार व्यक्त गरेकी छन् । उनले सहमति मै गरिने कुराहरुमा एक पक्ष कुनैपनि हातलमा दोषी नठहरीने बताएकी छन् । उनले यस्ता घटनाहरुमा बढी दोषी को हुन्छ ? पुरुष या महिला भन्ने प्रश्नमा दुवै जना दोषी हुने बताउँछिन् । तर त्योपनि घटना हेरेर भन्ने जवाफ दिईन् । दोषि नहुनकालागि मान्छेमा चरित्र र नैतिक दुबै पक्ष बलियो हुुनु पर्ने उनको धारणा छ । ‘मान्छेमा चरित्र बल हुनु पर्छ, नैतिक बल हुनु पर्छ । सत्यतालाई आधार बनाएर हिंड्नु पर्छ ।’ उनी बताउँछिन् ।
मान्छे मान्छे बन्नकालागि उस्मा दृढ्ता हुनु पर्ने उनको भनाई छ । नाबालिग हुँदा आफुले देश भन्दा परदेशमा गएर काम गरेको आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्,‘म १४ वर्षको उमेर देखि ३० वर्षको उमेरसम्म भारतमा बसें । त्यरी बस्दा कति मान्छेसंग भेट भयो होला । कस्ता कस्ता मान्छेहरुसंग सम्पर्कमा बसेर काम गर्नु परेको थियो होला । कति युवाहरुसंग भेटघाट गरें हुँला । खै त मैले त कसैलाई कुनैपनि प्रकारको आरोप लगाईन् । यदि हाम्रो चरित्र बलियो छ भने कसैले केही गर्नै सक्दैन ।’
पेशाले भद्र कुमारी एक नर्स हुन् । उनी यही फाल्गुन देखि नै ९३ वर्षमा लागेकी छन् । उनको भनाई अनुसार यो उमेरसम्म कसैले पनि उनलाई नराम्रो दृष्टिकोणले हेर्ने हिम्मत गरेनन् । उनको चरित्रमा आक्षेप लगाउन सकेनन् । कसैले पनि उनलाई यस्ती उस्ती भनेर आंैंला उठाउन नसकेको उनी बताउँछिन् । हिजोआजका महिलाहरुमा आत्मामा सत्यता, इमान्दारिता र नैतिकता नभएको उनको भनाई छ । जोसंग यस्ता कुराहरु छैनन् उनीहरुले जस्लाई पनि र जस्तो सुुकै आरोप लगाएर उस्को भविष्य बर्बाद गरिदिन पछि नपर्ने उनको भनाई छ ।
उनी भन्छिन्,‘यस्ता खालका चरित्र भएकाहरुले निर्दोषलाई दोषी ठहर गर्दै उनीहरुबाट फाईदा लिन रत्तिपनि पछुताउँदैनन् । आफ्नो कर्तव्य, दायित्व, धर्म र मर्म यी सबै कुरा अहिलेका महिलाहरुले बिर्सि सकेका छन् ।’ पल र सन्दिपको जीवन भोगाईबाट अब अन्य युवाहरुले पाठ सिक्नु पर्ने उनले बताईन् । भद्र कुमारी भन्छिन्,‘राष्ट्रका यस्ता होनाहार गहनाहरु माथि लगाईएको आरोपहरुबाट अबका युवाहरुले पाठ सिक्न निकै नै आवश्यक छ ।’






