काठमाण्डौ । मधुमेह लाग्यो भन्दैमा आत्ति हाल्नु पर्ने, डराईहाल्नु पर्ने केही त्यस्तो कारण नै छैन । विशेषगरी मधुमेह लागेको थाहा पाउने बित्तिकै प्राय मानिसहरु आफुलाई मन पर्ने तरकारी खान पाईदैन भनेर निकै चिन्तित हुन्छन् । तर चिन्तित हुन आवश्यक नै छैन । किनभने मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ ।
मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । मधुमेह लागी हालेको खण्डमा आफुले खाने कुरामा आफैले नै नियन्त्रण गर्नु पर्दछ । मधुमेह लागेका बिरामीले करेलाको तरकारी खान सक्दछन् ।
करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ । त्यसैगरी भिन्डीलाई पनि सजिलै खान सकिन्छ । भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ । यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ । पालुङ्गो सागलाई पनि मधुमेहका रोगीहरुले मजाले नै खान सक्दछन् । किनभने पालुङ्गोको सागमा म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ ।
चुकन्दर पनि मधुमेहका रोगीहरुकालागी फाईदाजनक नै मानिन्छ । चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ । त्यसैगरी शखरखण्डलाई मधेमेहका बिरामीले खान सक्दछन् । शखरखन्डमा एन्डिअक्सिडेन्ट पाइन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ । त्यसैले पाएसम्म शखरखण्डलाई खानु पर्दछ । त्यसैगरी बन्दगोभीले मधुमेहका बिरामीलाई फाईदा पुर्याउने भएको हुनाले यस्को प्रयोग पनि गर्नु पर्दछ । बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ । यसले तौल घटाउन समेत सहयोग गर्दछ ।
त्यसैगरी लौका र बैगुनल पनि यो रोग लागेका मानिसहरुकालागी फाईदा जनक नै हुन्छ । बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ भने बैगुन खानाले यसले ब्लड सुगरको लेभल बढ्न दिदैन । साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ । प्याज प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ । र अन्त्यमा रहेको छ काउली काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ । साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ ।






