काठमाण्डौ । महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाण्डौ आइपुगेको छ । दुबै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मङ्गलवारदेखि दशरथ रङ्गशाला काठमाण्डौमा सुरु हुँदैछ ।
नेपाल, भुटान र श्रीलङ्का समूह बी मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह ए मा रहेका छन् । नेपालले आउँदो मङ्गलवार बेलुका साढे ५ बजे भुटानसँग उद्घाटन खेल खेल्नेछ । योपनि इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् ।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेल अवधिभर लिभरपुल बलियो देखिए पनि गोल गर्न सकेन । लिभरपुल ६ खेलमा नौ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन चार अङ्कका साथ चौधौँ स्थानमा छ ।






