बाँके खजुरा । लुम्बिनी प्रदेशका सांसद उषा पुनले अपाङ्गता भएकाहरुलाई राज्यले अझैंपनि टाढै राखेको बताउँदै अपाङ्गता क्षेत्रमा राज्यको ध्यान जान आवश्यक रहेको बताईन् । आईतबार अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ महाअधिवेसनको अवसरमा प्रमुख अथितिको रुपमा उपस्थित भएकी सांसद पुनले सो कुरा बताएकी हुन् ।
अपाङ्गता भएकाहरु राज्यको पहुँचबाट अझैंपनि टाढै रहेको बताउँदै सांसद पुनले यस विषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारको ध्यान जान आवश्यक रहेको औंल्याएकी थिईन् । राज्यको जिम्मेवारीलाई डेक नेपालले आफ्नो काँधमा बोकेर अभिभारा पुरा गरिरहेकोप्रति आफुलाई निकै खुशी लागेको बताउँदै बताएकी थिईन् ।
उनले डेक नेपाल गाउँगाउँ बस्तिमा पुगेर काम गरेको र त्यसले सकारात्कम सन्देश प्रवाह गर्न सफल भएको कुरा उल्लेख गरिन् । यसका साथै सांसद पुनले प्रदेश स्तरमा पनि अपाङ्गता भएकाहरुका लागी पहलकदमी चाल्ने र अपाङ्गता भएकाहरुको विषयमा बोल्न र काम गर्न आफु सधैं तत्पर रहेको पनि प्रतिवद्धता व्यक्त गरिन् ।
त्यसैगरी पुर्व संविधान सभा सदस्य देवराज भारले अपाङ्गता भएकाहरुका लागि डेक नेपालले गरेको कार्य प्रसन्शा योग्य रहेको बताएका थिए । अपाङ्गता क्षेत्रमा धेरे उपलव्धी भएको बताउँदै भारले अपाङ्गताको क्षेत्र सम्मानित जिवनको मार्ग हुन आवश्यक रहेको उल्लेख गरे । अपाङ्गता क्षेत्र उपेक्षित हुदै आएकोमा यसलाई सबैको चासोको विषय बन्नपर्नेमा जोड दिए ।
नेपालगन्ज उप महानगरपालिकाका निवर्तमान उप–मेयर उमा थापा मगरले पनि डेक नेपालले राज्यको आँखामा पर्न नसकेको विषयलाई संस्थागत गर्न सफल भएकोमा धन्यबाद दिएकी थिईन् । उनले आगामी दिनहरुमा यस्तै प्रकारले काम गर्नकालागी उक्त संस्थालाई आफ्नो साथ र समर्थन सधैं रही रहने भन्दै उत्साह प्रदान गरेकी थिईन् ।
अपाङ्गता भएकाहरुले जान्न बुझनका लागी डेक नेपालको भुमिका महत्वपुर्ण रहेको बताउँदै अपाङ्गता भएकाहरु आफुपनि आफ्नो क्षमता बढाउन अघि बढ्नुपर्नेमा जोड दिएकी थिईन् । यसका साथै उनले अपाङ्गता भएकाहरुको अधिकार स्थापित गर्न र त्यसको कार्यन्वयनमा लाग्न स्थानिय सरकारलाई आग्रह गरेकी थिईन् ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पनि स्थानिय सरकारको काम, कर्तव्य र जिम्मेवारीलाई डेक नेपालले गरिरहेको बताउँदै उक्त संस्थाप्रति पालिकाको तर्फबाट धन्यबाद दिएकी थिईन् । पालिकाले गर्ने कामलाई डेक नेपालकै कारण सहजता भएको र आगामि दिनमा थप सहकार्य सहयोग गर्नकालागी पालिका प्रतिवद्ध रहेको पनि बताएकी थिईन् ।
त्यसैगरी बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले पनि स्थानिय तह अपाङ्ग मैत्रि नभएको पाइएकोमा त्यसलाई सुधार गर्दै सम्पुर्ण भौतिक पुर्वधार अपाङ्गमैत्रि बनाउन लागेको भन्दै अपाङ्गता भएका व्यत्तिहरुलाई अघि बढाउन पालिकाले सक्रिय भुमिका निर्वाह गर्ने बताईन् । त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्माले अझै पनि स्थानिय तहहरुमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको बताउँदै यसतर्फ गम्भिर हुनपर्नेमा जोड दिए ।
शर्माले डेक नेपालले विभिन्न परियोजना संचालन गरेर अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्ने, पैरवी गर्ने लगाएतका काम गरेको भन्दै धन्यबाद दिएका थिए । राष्ट्रिय अपाङ्ग महासंघका संघिय सचिव भावुक जंग थापाले डेक नेपालका कारण धेरै सबै प्रकारका अपाङ्गता भएकाहरुको लागि काम गरेको जसले गर्दा अपाङ्गता क्षेत्रमा ठुलो टेवा पुगेको बताए ।
खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले पनि डेक नेपालले स्थानिय सरकारसंग समन्वय सकहकार्य गरेर काम गर्दा सरकारले लिएको लक्ष्य प्राप्तीका लागि सहज बनेको बताईन् । दैनिक जिवनलाई सहज बनाउनका साथै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि महत्वपुर्ण भुमिका निर्भाह गरेको उल्लेख गरिन् ।
गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहले गैर सरकारी संस्थालाई नियमन गर्ने निकाय कमजोर रहेको बताए । ५० हजारको संख्यामा नेपालमा गैरसरकारी संस्था रहेको भएपनि कमै मात्रमा सामाजिक कार्यमा क्रियासिल बनेको उनले बताए । निरन्तर अविछिन्न ढङले डेक नेपाल अपाङ्गता भएकाहरुको हक हितका पक्षमा लागिपरेको भन्दै अध्यक्ष शाहले सफलताको शुभकामना पनि व्यक्त गरे ।
अपाङ्गता मैत्रि बातावरण सबै निकायहरुमा अझै स्थापना हुन नसकेको भन्दै उनले यस तर्फ चासो बढाउन आग्रह गरे । डेक नेपालका सल्लाहकार अशोक कोइरालाले सबै क्षेत्रमा रहेका अपाङ्गता भएकालाई खोज्ने, आश्रय दिने र अवसर दिने कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । डेक नेपालले बाँकेको बैजानाथ र राप्ती सोनारीमा अपाङ्गता भएकाहरुका लागी बसोबास गर्ने वातावरण मिलाएको भएतापनि व्यवस्थापनमा स्थानिय सरकारले चासो नबढाउदा संचालन गर्न समस्या हुने गरेको उनले बताए ।
त्यसैगरी बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहिले स्थानिय सरकारको अपाङ्गता भएकाहरुका लागी केहि उपलव्धी मुलक कार्यका लागि बजेट विनियोजन गरिएको बताए । बैजानाथले मात्र अपाङ्गता भएकाहरुका लागी ३० लाख बजेट छुट्टाएको जानकारी दिनुका साथै अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्रि नहुँदा सम्म स्वीकृती नदिने पनि बताईन् । बैजानाथ गाँउपालिका अपाङ्ग मैत्रि गाउँपालिका बन्नेछ भन्दै यसको प्रकृयामा आफुहरु लागी परेको अध्यक्ष शाहीले बताए ।
‘दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पुर्वधार’ भन्ने नाराका साथ गरिएको उत्घाटन् सत्रको अध्यक्षता डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापाले गरेकी थिईन् । उनले अपाङ्गता भएकाहरुको समस्या समाधान गर्न सफल हुन सकेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गरेकी थईन् । कार्यक्रमको संचालन धिरेन्द्र वि.कले गरेका थिए ।






