नेपालगञ्ज । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले नेपालगञ्ज रंगशाला प्रयोगहीन बन्नुमा क्षेत्रीय खेलकुद विकास समिति मुख्य कारक बनेको आरोप लगाएका छन् । बिहीबार उनी लगायत अन्य पदाधिकारी र सदस्यहरुले पत्रकार सम्मेलन गरेर संयुक्त प्रेस विज्ञप्ती मार्फत यस्तो आरोप लगाएका हुन् । उनले नेपालगन्ज रंगशालामा खेलाडीहरुलाई प्रवेश गर्नबाट बञ्चित गरिएको भन्दै रंगशालालाई प्रयोगहीन बनाएकोमा असन्तुष्टि व्यक्त गरे ।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले खेलाडीको लागी बनाएको रंगशालामा खेलाडीलाई नै प्रवेश गर्नबाट रोक लगाएको अध्यक्ष शाहले बताए । राष्ट्रिय स्तरका खेलाडी बाहेक अन्य खेलाडीलाई रंगशालामा रोक लगाईएको हुनाले नेपालगञ्जबाट खेलाडी उत्पादन गर्नमा कठिनाई भएको उनको भनाई थियो । यसका साथै क्षेत्रीय समितिका भौतिक संरचनाहरुमाथि जिल्ला खेलकुदले आँखा लगाएको भन्ने आरोप प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसको जवाफ दिनुपर्ने पनि बताए ।
‘यो रंगशालामा यहाँका खेलाडीहरुले फुटबलकालागी प्रशिक्षण गर्न पाउँदैनन् । मैले यो विषयमा क्षेत्रीय खेलकुद विकास समितिलाई सोध्दा खेल मैदनको तल पाईहरु बिच्छाईएको हुनाले प्रत्येक दिन खेलाडीले प्रशिक्षण गर्दा पाईपहरु फुट्ने सम्भावना हुने भएको हुनाले खेल्न नदिईएको भन्ने जवाफ आयो ।’ उनले भने,‘खेलाडीले फुटबलको प्रशिक्षण गर्दा खेल मैदानमा क्षति पुग्छ भनेर खेल्न नदिईएको अवस्थामा आज रंगशाला घाँसे मैदान भएको छ ।’ उक्त पत्रकार सम्मेलनमा अध्यक्ष शाहले खेलाडीहरुमा खेल प्रतिको चाहना अनुसार रंगशालाको गतिविधि हुनुपर्ने बताए ।
खेल खेल्न र व्यायमको लागि इच्छा हुँदा हुँदै पनि रंगशालामा लगाईएको नियमले आम खेलाडीले प्रशिक्षण गर्न नसकेको अध्यक्ष शाहको भनाई थियो । रंगशालामा आम खेलाडीलाइ प्रशिक्षणका लागि जान नदिए राष्ट्रिय स्तरको खेलका लागी खेलाडी नेपालगञ्जबाट उत्पादन गर्न नसकिने भन्दै उनले चिन्ता व्यक्त गरे । रंगशालामा राष्ट्रिय स्तरको खेलाडीलाइ मात्र खेल्न दिने र आम खेलाडीलाई वास्ता नै नगर्दा खेलाडी बन्ने सपना बोकेर रंगशाला आउने गरेको आम खेलाडीहरु अवसरबाट बञ्चित भएको उनले बताए ।
आम खेलाडीहरुलाइ रंगशालामा रोक लगाएर खेलबाट वञ्चित नगराउँन अध्यक्ष शांहले क्षेत्रीय खेलकुद विकास समितिलाई पत्रकार सम्मेलन मार्फत आग्रह गरे । क्षेत्रिय खेलकुद विकास समितीले आफ्नो मनोमानी ढंगबाट रंगशालाको संरचनालाई लथालिङग पारिरहेको बताउँदै अध्यक्ष शाहले खेलाडीले प्रशिक्षण बापत लिने शुल्कको विषयमा पनि आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताए । उक्त प्रेस सम्मेलनमा अध्यक्ष शाहले श्रावणको अन्तिम सातादेखि घाँसे मैदान भएको रंगशालाको घाँस कटानी गरेर भदौको पहिलो हप्तादेखि नियमित खेल खेल्नकालागी फुटबल खेलाडीहरुलाई आह्वान गरिने बताए । प्रेस विज्ञप्ति







