काठमाण्डाचै । भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भारत पुगेका दाहाल र मोदीबीच आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा दाहाल भारत भ्रमणमा गएका हुन् । मोदीसँगको भेटपछि दाहालले भाजपाको कार्यालय भ्रमण गर्ने बताइएको छ । दाहालले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन् भने त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट हुने कार्यक्रम छ। शनिवार नै दाहाल फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम छ ।
आरजु र मेरो भारत भ्रमणको ‘मकसद’ एउटै होइनः प्रचण्ड
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत जादै गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरजु र आफ्नो भ्रमणको उदेश्य एउटै नभएको बताएका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवा समेत भारत भ्रमणमा रहेको बेला अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हेरिएको छ ।
‘दिल्लीमा उहाँसंग भेट हुन सक्छ’, भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘तर हाम्रो भ्रमणको मकसन फरक फरक छ ।’ उनले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउँदै यो आकस्मिक नभएको समेत दाबी गरे । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको समेत उनले बताए । नागरिक दैनिकमा यो समाचार छ ।






