काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहले गरेको नेपालबन्दको क्रममा काठमाडौको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी ज’ला’इदि’एपछि चालक कुम्भनारायण श्रेष्ठको रोजीरोटी खोसिएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी चलाएर आउने पैसाले दैनिकी चलाउँदै आएका श्रेष्ठको ट्याक्सीलाई दाहाल–नेपाल समूहले बिहीबार जलाई दिएका छन् ।
आन्दोलनकारीले पे’ट्रो’ल छ’र्के’र ट्याक्सी ज’ला’इदि’एपछि उनका लागि बिहानको समय पनि अ’न्धकार रातजस्तै बन्यो । ‘गरिखाने साधन नै ज’ला’इ’दि’ए, निकै पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि ज’ला’इदि’एन’न्,’ श्रेष्ठले भने, ‘ट्याक्सी जलाइएको क्षण मैले केही देखिनँ, अन्धकार नै भयो ।’ उनले सर्वसाधारण नागरिकलाई पी’डा दिएर गरिने यस्तो आन्दोलनको कुनै अर्थ नभएको बताए । ‘जनतालाई पी’डा दिने, दुःख दिने अनि जनताकै लागि आन्दोलन ग¥यौं भन्न लाज पनि लाग्नुपर्ने हो,’ श्रेष्ठले आफ्नो पी’डा पोख्दै भने ।
श्रेष्ठका अनुसार ज’लाइ’एको गाडी उनको साहुको हो । बिहीबार साहुलाई थाहा नदिई गाडी निकालेको र एक दुई ट्रिप गरेपछि मात्रै आन्दोलनकारीले उनको गाडी ज’ला’इदि’एका थिए । ‘गोंगबु चोकमा चावहिल जाने हो भन्दै दुई जनाले गाडी रोके । त्यसपछि एक जनाले पे’ट्रो’ल छ’र्कि’ए र अर्काले सलाई कोरेर ओ’गो ल’गाइ’दि’ए,’ उनले घटना सम्झँदै भने । त्यतिबेला उनी सिल्टबेल्ट बाँ’धे’र गा’डीमै बसेका थिए । ‘उनीहरू आ’गो लगाएर भागे । छिटोछिटो सिल्टबेल्ट झिकेर बाहिर निस्केर बाच्न सकें,’ श्रेष्ठले भने ।
आन्दोलनकारीले उनलाई पनि गाडीभित्रै राखेर आ’गो ल’गा’इदिएकाले गाडीसँगै आफूलाई पनि ज’ला’उने योजना बनाएको हुन सक्ने उनले बताए । ‘गा’डी ज’ल्यो, अब कमाइ पनि बन्द भयो । के खाने भन्ने समस्याले हामी पी’डित हुन पुगेका छौं,’ उनले भने । श्रेष्ठका अनुसार उनले बिहीबार बन्द भन्ने थाहै नपाएकाले बिहानै गा’डी नि’कालेका थिए । गोंगबुबाट मानिसहरू थापाथली पुर्याएर फेरि गोंगबु फर्केपछि सो घटना घटेको उनले बताए ।
‘रत्नपार्कमा गाडीहरू टन्नै चलेका थिए त्यसैले बन्द छ भन्ने केही सोच्ने र थाहा पाउने अवस्था नै थिएन । अन्यायमा परियो, गाडी ज’ला’उ’ने’लाई कारबाही पनि नहुने भयो,’ उनले भने । उनका अनुसार गाडी ज’ला’उने ती युवा मोटरसाइकल चढेर भागेका थिए । ‘म सामान्य मजदुर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । ज’ले’को थाहा भएपछि किन निकालेको भनेर उल्टै ह’प्का’ए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरू कुनै उपाय छैन,’ उनले भने । भिडियोसहित






