बर्दिया । लुम्विनी प्रदेशको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरका सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराईच जिल्ला पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू–भाग (६८.७६५) तराईको समतल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२७५) चुरे पर्वत पर्दछ ।
पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा वाह््य जिल्लाहरुबाट बँसाईसराई गरी आउने भिडले गर्दा जातीय तथा सांस्कृतिक विविधताको मधुर घुलन रहेको छ । मेरो बुवा विष्णु श्रेष्ठ आफ्नो बा को जागीरे सिलसिलामा २००७ सालतिर काठमाण्डौबाट बाँके आउनु भएको रहेछ । बर्दियाको सांस्कृतिक विविधताको मधुर घुलनमा घुलित हुन मेरो बुवा विष्णु श्रेष्ठ बाँकेबाट बर्दियामा बँसाईसराई गरेर आउनु भएको हो ।
बुवा विष्णु श्रेष्ठ र आमा मंगलाकुमारी श्रेष्ठ (एकल महिलाको हकअधिकारको लागि संघर्षशिल अभियन्ता) को कोखबाट हामी तीन भाई बर्दिया जिल्लाको गुलरियामा जन्म लिन पुग्यौ । हामी श्रेष्ठ परिवारको छुट्टै तयार हुन सक्छ जीवनका उकाली ओराली,सुखदःुख भोगाईका कथाहरु । त्यो हिस्सालाई पर राख्दै बर्दिया अस्पतालमा अध्यक्षको भूमिकामा रहदा प्राप्त गरेको सकारात्मक अनुभव र सिकाईलाई बाँडन चाहान्छु ।
जुन अस्पतालमा मेरो आमा विकास समितीको उपाध्यक्ष हुनु भाको थियो । जुन अस्पतालमा मेरो आमाले स्वयंसेविकाको भूमिकामा रही जनताको सेवा गर्नु भाको थियो । त्यही अस्पतालको अध्यक्ष भएर सेवा गर्ने मौका पाउदा हर्षले विभोर भएको थिए । गुलरिया नगरपालिका वार्ड नं.७ निवासी मिलन यादव को भनाई अनुसार वि.संं.२००२ सालमा स्थापित बर्दिया जिल्ला अस्पताल धेरै आरोह अवरोह पार गर्दै आजको यस स्थितीमा आएको कुरा बर्दियाली जनता तथा विद्वतवर्ग लाई अवगत नै छ ।
मैले २०७६ साल मार्ग महिनामा प्रदेश सरकारको मन्त्री परिषदको निर्णय बमोजिम यस बर्दिया अस्पतालको ३ वर्षे व्यवस्थापकीय जिम्मेवारी अध्यक्षको रुपमा ग्रहण गर्ने सुनौलो अवसर प्राप्त गरेको थिए । यस अस्पतालका मे.सु.डा.सुभाष पाण्डे एक दक्ष चिकित्स हुनुका साथै एक कुशल प्रशासनिक क्षमता पनि राख्नु हुन्छ । फलस्वरुप, मे.सु.पाण्डेसंगको सहकार्य र यस अस्पतालका सर्जन डा.वीजय, डा.केशर लगायत कार्यरत सम्पूर्ण डक्टर्स, नर्सेज तथा कार्यालय सहयोगीदेखि सम्पूर्ण अस्पताल कर्मचारी साथीहरुको महत्वपूर्ण सहयोग द्वारा अस्पतालले उल्लेखनिय प्रगति गर्न सकेको व्यहोरा सबै सामु घाम जस्तै छर्लङ्गै छ ।
म यस बर्दिया जिल्लाको वासिन्दा भएकोले मलाई राम्ररी थाहा थियो की बर्दियाली जनताको यस अस्पतालप्रति विश्वास कम छ भनेर । यसर्थ, सर्वप्रथम अस्पतालप्रतिको विश्वास जगाउनुका साथै अस्पतालमा आउने वातावरण तयार गर्नु मेरो पहिलो कर्तव्य थियो । जुन कार्य गर्न हामी सबै सफल भएका थियौं । यस बर्दिया अस्पतालको जिम्मेवारी पाईसके पछी जिम्मेवारी वोधका साथ मैले यस अस्पतालको स्तरउन्नती आजको आवश्यकता हो भन्ने कुरालाई आत्मसाथ गर्दै हाम्रो व्यवस्थापकीय टिमसंग विशेष गरी मे.सु.डा.सभाषसंग गहन छलफल गदै विगतलाई शिक्षाको रुपमा ग्रहण गर्दै, वर्तमान अवस्थालाई सुधार गरेर भावी योजनाको साथ हामीले कामलाई अगाडी बढाउने कामको थालनी गरेका थियौं ।
अपस्तालको कामलाई व्यवस्थित बनाई सेवा लिन आउने सेवाग्राहीहरु लाई सरल तथा सहज तवरबाट सेवा पाउन भन्ने उदेश्यले हामीले पद्धतिको विकास ग¥यौ । कामको शुरुवात हुंदै थियो,कोभिड–१९ को प्रकोपले हामीलाई काम गर्ने वातावरणबाट वन्चित गरि दियो । हरेक समस्या भित्र अवसरपनि लुकेको हुन्छ भन्ने विश्वासलाई आत्मसाथ गर्दै संघिय स्वास्थय राज्यमन्त्री श्री नवराज रावत र प्रदेश सरकारसंग अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु र जनशक्तिको वारेमा तत्कालीक सामाजीक विकास मन्त्री सुदर्शन बराल ज्युलाई अस्पतालको स्थलगत अनुगमन गराउने काम पनि गरेका थियौ ।
सामाजीक विकास मन्त्री सुदर्शन बराल ज्यूसगं हामीेले यस अस्पताललाई आवश्यक पर्ने सेवासुविधा थप गर्न आग्रह गरे बमोजिम थेरापी सेवाका सामाग्रीहरु, ईन्डोसकोपि मेशिन, सिकलसेल टेष्ट मेशिन, थायोराईड मेशिनको साथसाथै कार्यालयलाई आवश्यक पर्ने थान एक गाडी र थान एक थप एम्वुलेन्स पनि प्राप्त गर्न सकेका थियौं । यसको लागि मन्त्री बराल ज्यूप्रति हार्दिक आभार प्रकट गर्दै सामाजीक विकास मन्त्रालयका सम्पूर्ण टिमप्रति धन्यवादज्ञापन पनि गरेका थियौं । संघिय सरकारको सहयोगमा अक्सिजन प्लान्ट सन्चालनमा आउनुका साथै प्रत्येक शैय्यामा अक्सिजनको पाईपलाईन पु¥याई सकिएको छ ।
कम्प्युटर पद्धतिमा काम गर्दा पेपरको प्रयोग कम हुने र पर्चा, रिर्पोट हराउदा पनि सेवाग्राहीलाई आवश्यक पर्दा सजिलै प्राप्त हुन सक्ने भएको हुंदा अस्पतालमा कम्प्युटराईज्ड गरी टिकेटिङ्ग गर्ने, विलिङ्ग गर्ने र ल्यावको रिर्पोट दिने कार्य कम्युटरबाट गर्ने कार्यको प्रारम्भ गरेका थियौं । प्रदेश सरकारको सहयोगमा अस्पतालको चारैतीर पर्खाल लगाउने कार्य सम्पन्न भएको थियो भने अपरेशन कक्षको माथि तल्ला थप्ने कार्य कार्यको शुरुवात भएको थियो । जुन अहिले तयारीको अवस्थामा छ । जिल्ला प्रहरी कार्यालयको पूर्व भागमा प्रदेश सरकारको सहयोगमा तिन तल्लाको डक्टर्स क्वार्टर निर्माण कार्यको शुभारम्भ गरेका थियौं ।
जुन भवन दु्रत गतिमा निर्माणाधिन अवस्थामा रहेको छ । जिल्ला सम्वन्य समिति, आठैवटा स्थानीय पालिकाहरुको सहयोग र जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा अस्पतालको उत्तरपट्टि रहेको जनरल वार्ड माथि एचडीयू÷आईसियु भवन वनाउन सकेकाछौ । यस कार्यको लागि माननीय सांसद तुलसी थापा, जिससका प्रमुख÷उपप्रमुख ज्यू, आठै पालिकाका प्रमुख ज्यूहरु र तत्कालिन प्रजिअ लिलाधर अधिकारी ज्यूको महत्वपूर्ण समन्वय, योगदान र सहयोग रहेको थियो ।
एम.सि.एच.भवन अगाडी लायन्स क्लवको सहयोगमा गर्भवती महिलाहरु लाई बस्न सुविधा होस भन्ने हेतुले बस्ने कक्षको निर्माण भएको छ । बर्दिया अस्पाताल विकास समितिको बजेट र शहरी विकासको सहयोगमा थेरापी, ओ.सी.एम.सी. र विकास समितिको लागि भवन निर्माण, ईन्डोर जाने बाटोमा ट्रष्ट हाल्ने काम, विरामीहरु लाई विश्राम गर्न प्रतिक्षालयको निर्माण, सुरक्षा निकायलाई कोठा निर्माण, फोहोर व्यवस्थापनको लागि ट्रष्ट निर्माण, पोष्टमार्टमको लागि आउदा कुर्न सजिलो होस भनेर कुर्ने कक्षको निर्माण र चर्पीको व्यवस्था गरि सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर हाम्रो टिमले व्यवस्थित कार्य गर्न सफल भएका थियौं ।
साथै, अस्पतालका मेशनरी सामाग्रीहरु मर्मत सम्भार गर्नका लागि वायोमेडिकल कक्षको निर्माण पनि सम्पन्न भएको छ भने शहरी विकासको सहयोगमा आउने आर्थिक वर्षमा जन स्वास्थय कार्यालयको उत्तरपट्टिको चौरमा ओ.पि.डी. ब्लक बनाउने कार्य योजनामा रहेको थियो । ईन्डोर भवनको माथि तल्ला थप्नको लागि जापानिज संस्था आड्रासंग कुरा भएको थियो । आशा गरौं यस कार्यले पनि मूर्तरुप लिने छ । त्यसको लागि वर्तमान विकास समितीका अध्यक्ष ज्यूलाई सम्वन्धित संस्थासंग सदस्य सचिव मेसुको सहयोगबाट छलफललाई अगाडी बढाउन अनुरोध गर्दछु ।
प्रवेश द्वारबाट प्रवेश गर्ने वितिकै देखिने गरी काखमा बसेको गणेश सहितको शिवपार्वतीको मन्दिर स्थापना गर्न सफल भएका थियौं । रु.६० हजार पर्ने शिवपार्वतीको मुर्ति गुलरिया नपा वार्ड नं.६ निवासी श्री श्रवणकुमार गुप्ता र श्रीमती सुना गुप्ता तथा रु.५ हजार पर्ने गजुर गुलरिया नपा वार्ड नं.८ निवासी श्री गोपालजंग शाह, रेलिङ्ग गुलरिया न.पा. तथा अन्य कार्य अस्पताल विकास समितिको लगानीमा सम्पन्न भएको थियो । सहयोगी व्यक्तित्व, संस्था तथा मनहरुलाई धन्यवाद ज्ञापन गरेका थियौं ।
यसैगरी ईन्डोर नजिकै गुलरिया नगरपालिका वार्ड नं.७ निवासी गणेशकुमार यादव, क्यान्टिनको अगाडी महिला सन्जालको सहयोगमा फुलवारी बनाउने कार्य सम्पन्न भएको थियो । सुकर्म संस्थाद्वारा क्वार्टर तर्फ जानेबाटो तर्फ अशोकको विरुवा र उत्तरजाने बाटोतर्फ कपुरको विरुवा लगाउने काम सम्पन्न भएको थियो । माष्टर प्लान बनाउन प्रदेश सरकारबाट प्राप्त रु.५ लाख बाट हामीले बर्दिया जिल्लाको अस्पताल कस्तो हुनु पर्दछ भनेर, एउटा सपना कोरेका थियौ ।
विगत र वर्तमानमा यस अस्पताललाई हेर्ने र बुझ्ने बर्दियाली जनताहरुको दृष्ट्रिकोणमा फरक ल्याई विश्वास जित्न सफल भएका थियांै । तर, जनप्रतिनिधिहरुको ध्यान आकर्षित गर्न हरसम्भव प्रयास गरेतापनि सफलता प्राप्त गर्न नसकेको मा अहिले पनि कता–कता खल्लो महशुस हुन्छ । मलाई विश्वास छ म नभए पनि हाम्रो सपना वा हामी बर्दियावासीको आवश्यकतालाई आएकोे नेतृत्वले अवश्य नै पुरा गर्ने छ ।
यद्यपि, नेपाल सरकारको सेटलाईट कार्यक्रम अन्र्तगत प्रत्येक शुक्रवार भेरी अस्पतालबाट फरक–फरक रोगका विशेषज्ञहरु आई स्वास्थय प्रशिक्षण कार्य शुरु भएको थियो । तथापि, आउने दिनमा यस अस्पतालमा एउटा राम्रो ओपिडी भवन, डायोलोसिस सेवा, भेन्टिलेर÷आइसीयु सेवा सन्चालनमा ल्याउन जरुरी छ । हामीले देखिरहेका छौ बर्दियाली जनताहरुले डायोलोसिसको लागि कति पिडाबाट गुज्रिरहनु परेको छ । भेन्टिलेटर र आईसियु जस्ता अत्याआवश्यक सेवा नहुंदा कति को ज्यान जोखिमा परिरहेको छ ।
कम्तिमा पनि महिला रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ डक्टरहरुको आवश्यकता रहेको छ । हुन त यो अस्पताल सेकेण्डरी ए लेवलको अस्पताल हो । जहाँ १० जना विशेषज्ञ डक्टरको दरवन्दी छ । हाल एमडीजिपि २, सर्जन १ र बालरोग विशेषज्ञ १ गरी जम्मा ४ जना विशेषज्ञ डक्टरको सेवा उपलव्ध छ । वालरोग डक्टरको पदस्थापन गर्न जरुरी छ । अन्य विशेषज्ञ डक्टरको अभावमा नजिकैको नेपालगन्ज, भारतको बहराईच वा लखनऊ धाउनु पर्ने वाध्यता बर्दियाली जनतालाई छ ।
यी यावत समस्याबाट निदान पाउन हामी बर्दियाबासी, यहाँका जनप्रतिनिधिहरु, प्रवुद्धवर्ग तथा पत्रकारवन्धुहरुको महत्वपुर्ण योगदान र सहयोग हुन अति नै आवश्यक छ तव मात्र हामीले हाम्रो अस्पतालले मुहार फेर्न सकिन्छ । बर्दिया हाम्रो हो यसैले यसको विकास हामीले नगरे कसले गर्छ रु अहिले नगरे कहिले गर्ने रु गुलरिया न.पा.ले एउटा सर्जन डक्टरको व्यवस्था गरिदिएको थियो । जुन अहिले पनि निरन्तर छ । मधुवन न.पा.का तत्कालिन प्रमुख संग अनुरोध गरेर ल्यावमा एक कर्मचारीको व्यवस्था गराएका थियौं ।
बढैयाताल गा.पा.को तत्कालिन पालिका प्रमुख संग थेरापी मेशिनको लागि सहयोग लिएका थियौं । साथै, अन्य संघसंस्थाले कोभिड–१९ संग सम्वन्धित स्वास्थय सामाग्राीहरु उपलव्ध गराई सहयोग गर्नु भएको थियो । ति सबै सहयोगी मनहरु लाई अहिले पनि म स्मरण गर्न चाहान्छु र आभार व्यक्त गर्न चाहान्छु । विशेषगरी निकसाईमन संस्थाप्रति म धेरै नै प्रभावित छु । जसले, एक विशेषज्ञ डक्टर, एक मेडीकल अफिसर, एक नर्स र एक एनेस्थेसिया असिष्टेण्ट को साथै आवश्यक सामाग्री उपलव्ध गराएर सहयोग गरीरहेको थियो ।
हामीले युरीन कल्चर, व्लड कल्चर मेशिनको सहयोग उपलव्ध गराई दिन निक साईमन र बर्दिया अस्पतालको वीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने जनार्दन पाठकजी मार्फत अनुरोध गरि पठाएका थियौं । जुन कार्य सम्पन्न भएको कुरा जनार्दनजीबाट थाहा पाएको छु । मलाई लाग्छ बर्दियाली जनताहरुले व्यवस्थित र स्तरिय ल्यावको सुविधा लिन बाहिर कतै धाउनु पर्दैन । निक साईमनको सहयोग निरन्तर रहिरहने कुरामा विश्वस्त छु । धन्यवाद निक साईमन ।
हामी अस्पताल परिवार र सबैको अथक प्रयास र सम्पूर्ण कर्मचारीहरुको कामप्रति लगाव, योगदानको कारणले आ.व.२०७६÷०७७ र आ.व.२०७७÷०७८ मा लुम्विनी प्रदेशमा रहेको १३ अस्पताल मध्ये बर्दिया अस्पतालले २ पटक प्रथम स्थान प्राप्त गर्न सफल भएका थियौ । आ.व.२०७८÷०७९ मा पनि भएको पहिलो चरणको मूल्याकंन प्रकृयामा पनि हाम्रो अस्पतालले ८६५ स्कोर गर्न सफल भएको थियो ।
बर्दिया अस्पतालको सेवालाई प्रभावकारी ढङ्गले प्रवाह गर्न सफल भएकोले यस अस्पतालका मे.सु.डा.सुभाष पाण्डे र सर्जन डा.वीजय उपाध्याय प्रदेश सरकारले वितरण गरेको सेवा पदकबाट विभूषित हुनु भएको छ । जसलेगर्दा हामी सम्पूर्ण व्यवस्थापन टिम र अस्पताल परीवार गौरवान्तित भएका छौ ।
सरकारको नीति:
नेपाल सरकारले पटक–पटक स्वास्थय सम्वन्धि नयाँ योजनाहरु ल्याउने गरेको छ । निश्चितरुपले सरकारले सोंचेको योजना र परिकल्पनाको लागि धन्यवाद दिनै पर्दछ । योजना कार्यान्वयन गर्दा त्यसले दिने परिणामको वारेमा पक्कै पनि सरकारले सोंचेको हुन्छ भन्ने विश्वास लिनै पर्छ । तर, जतीपनि योजनाहरु बनेका छन वा कार्यान्वयन भएका छन्, ति योजनाहरुले के कस्ता सकारात्मक वा नकारात्मक परिणामहरु दिए भन्ने कुराको अनुगमन गर्ने कार्य अति नै फितलो हुने गरेको मात्रै होईन अनुगमनको पाटो शुन्य नै छ भन्दा पनि उपयुक्त हुन्छ होला ।
यस भन्दा अघि पनि ७७५ वटै स्थानीय निकायमा अस्पताल खोल्ने घोषणा भएका थिए । कार्यान्वयन पक्ष कस्तो रह्यो आजसम्म जानकारीमा आएको छैन । त्यसैगरी आ.व.२०७८÷०७९ को बजेटमा “गुणस्तरिय स्वास्थय सेवा उपलव्ध र स्वास्थय पर्यटन प्रवद्र्धन गर्न राजापुरमा पाटन स्वास्थय विज्ञान प्रतिष्ठान मार्फत सुपरस्पेसिलिष्ट सहितको स्वास्थय सेवा प्रदान गर्ने अस्पताल स्थापना गर्ने” भन्ने घोषण गरिएको छ ।
आवश्यकता जिल्लामा रहेको एकमात्र जिल्ला स्तरिय बर्दिया अस्पतालको स्तरउन्नती गरेर, यस अस्पतालमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन, आवश्यक सेवाहरु थप गरेर, आवश्यक सामाग्रीको उपलव्धता गराएर कम्तिमा पनि बर्दिया जिल्लाका जनतालाई जिल्ला भन्दा वाहिर जान नपर्ने स्थितीको श्रृजना गर्न सके राम्रो हुन्थ्यो ।
तर,राजनीति स्वार्थ सिद्धिको लागि वनाईने योजनाहरुले कुनैपनि सकारात्मक परिणाम दिन सक्दैन । यसको तात्पर्य स्थानीय निकायमा केही गर्न हुन्न भन्न खोजिएको होईन । आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरियो वा योजना बनाईयो भने,त्यसले मुर्त रुप लिन सक्छ भन्नु मात्र हो ।
चाहाना
म यस अस्पतालको स्तरउन्नती तथा विकासमा सदैव सहयोगीको भूमिकामा रहने छु । वर्तमान कार्य समितिले हामीले शुरु गरेका कार्यहरुलाई निरन्तरता दिदै थप गरीनु पर्ने निम्न कार्यहरुलाई पुरा गर्न पट्टि लाग्ने नै छ भन्ने कुरामा विश्वस्त छु ।
बर्दिया जिल्ला अस्पतालमा आधुनिक ओपिडी भवन बनाउनका लागि माष्टर प्लान बनाई सकिएको छ । जुन अहिले अस्पतालको सम्पत्तिको रुपमा रहेको छ । सोही अनुसार १०० शैय्याको अस्पताल बनाउन पहल गर्नु पर्ने ।
High Dependancy Unit (उच्च निर्भरता इकाई) र Intensive Care Unit (सघन हेरचाह इकाई) चालु गर्न सकिने अवस्थामा रहेको ले सो सन्चालन गर्नको लागि आवश्यक जनशक्ति र सामाग्रीको व्यवस्थापन गर्न पहल गर्नु पर्ने ।
डायोलोसिस सेवा यथाशिघ्र सन्चालन गर्न पहल गर्नु पर्ने ।
अंगद श्रेष्ठ
निवर्तमान अध्यक्ष
बर्दिया जिल्ला अस्पताल बिकास समिती






