रुपनी जि.एम
बर्दिया । गत बैशाष ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा बाँसगढी नगरपालिकाको वडा नं. ८ मा नेकपा एमालेका तुल प्रसाद गौताम विजयी भएका छन् । यो निर्वाचनमा विगत ५ वर्षमा अधुरो रहेको काम पूरा गर्न दोहोरिएका उनललाई उक्त वडाका जनताले आफ्नो मत दिएर फेरी विजयी बनाएका हुन् । जनताको मन जित्न सफल तुल प्रसाद आफैमा एक मिलनसार र सहयोगी भावनाका भएको हुनाले पनि उनी जनताको प्रिय जनप्रतिनीधीका रुपमा चिनिन्छन् ।
निकै नै निम्न स्तर परिवारबाट उदय भएका तुल प्रसादको जन्म २०२० सालमा कास्की जिल्लाको सरांगकोट गाविस वडा नं. ६ मेथलांग भन्ने ठाउँमा भएको हो । मा.वि तहको पढाई पढ्द गर्दा पञ्चायत कालमै विद्यर्थी जीवनदेखि नै राजनीतति अलिअलि बुझ्न थाले उनले । राजनीतिको परिभाषा बिस्तारै बुझ्न थालेका उनले राजनीतिको भाषा पनि बिस्तारै नै बोल्न थाले । भर्खरभखर राजनीतिको बारेमा केही ज्ञान हुँदै थियो त्यही समय २०३६ सालमा बहुुदल र निर्दलको चुनाव भयो नेपालमा । त्यतिबेला उनी जम्मा १६ वर्षका थिए । उनको भनाई अनुसार बौदलमा भोट कसरी हाल्ने भनेर नेताहरुले युवाहरुलाई अभ्यास गराउने गर्दथे । त्यही अभ्यास आफुले पनि गर्ने मौका पाएको उनी बताउँछन् ।
त्यो समय पहाडको उकालो र आरोलो बाटोमा तलबाट भोट खसाल्न जाने जनतालाई उनी लगाएतका उनका अन्य युवा साथीहरुले बाटैमा बसेर बौदलमा भोट हाल्नुस भन्दै नीलो पर्चा दिएर भोट हाल्न सिकाएको उनी बताउँछन् । जनतासंगै उनी स्वयमले पनि १६ वर्षमा मतदाता परिचय पत्र नहुँदा नहुँदैपनि भोट होलेको अनुभव सुनाए उनले । एवं प्रकारले राजनीति बुझ्दै गएका उनले सोही ठाउँमा बसेर राजनीति बुझ्न पाएनन् । घरको आर्थिक अवस्था र समय परिस्थितिले गर्दा उनी आफ्नो बुवासंगै मेथलांग छाडेर २०३९ सालतिर बर्दिया झरे ।
उतिबेला पहाडको माटोमा जति नै नंग्रा खियाएपनि खानलाई समेत धौधौ पर्ने भएको हुनाले पैसा कमाउन र ब्यापार गर्न भनेर उनी आफ्ना बाबुसंगै तराई झरे । तराईमा झर्दै गर्दा उनको युवावस्था बर्दियाको ककौरामा बित्दै थियो त्यत्तिकैमा घरको आर्थिक अवस्थाका कारण फेरी उनी भारत पसे । ३ वर्ष भारतमा पैसा कामाएर उनी २०४५ सालमा आफ्नै घर बर्दिया फर्किए । पहाडमा थोरै भएपनि राजनीति बुझेका उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लाग्ने मौका पाए । र त्यही जनआन्दोलनबाट निरन्तर रुपमा उनी नेकपा एमालेको विचारसंग सहमती जनाउँदै अहिलेसम्म राजनीतिक यात्रामा लागि रहेका छन् ।
बिस्तारै बिस्तारै राजनीतिमा लाग्दै जाने क्रममा परिवारको आर्थिक अवस्थाले गर्दा तुल प्रसादलाई कतिपय समय खुम्चिनु पर्यो भने कतिपय समय पारिवारी अवस्थालाई र आफ्नो व्यापारलाई ब्यालेन्स गरेर पार्टीले दिएको जिम्मेवारी पुुरा गरेको पनि सम्झन्छन् । अहिलेसम्म राजनीतिमा फ्डको मार्दै माथि जानु पर्ने तुल प्रसाद परिवारको आर्थिक अवस्था यदि कम्जोर हुँदैनथ्यो भने नगर प्रमुखका हैसियतमा उभिने एमालेका एक कार्यकर्ता हुन् उनी । तर परिवारकोलागी आर्थिक रुपमा पनि बलियो हुनु पर्ने भएकोले चाहे जसरी राजनीतिमा निरन्तर लाग्न नपाएको नमिठो अनुभव छ उनीसंग ।
उनको भनाई अनुसार यदि पारिवारिक अवस्था बलियो हुन्थ्यो भने अहिले उनको राजनीतिक अवस्थाले धेरै फड्को मारि सक्थ्यो । निरन्तर राजनीतिमा लाग्न नपाएतापनि बिस्तारै बिस्तारै परिवारको आर्थिक अवस्थालाई माथि उठाउँदै र पार्टीको विभिन्न कमिटिहरुमा बस्दै उनले आफ्नो राजनीतिक जीवनलाई पनि मिलाएर अघि बढी रहे । त्यही मेहनतकै कारण आज तुल प्रसाद गौतम वडाध्यक्ष नै किन नहोऊन् राजनीतिमा जनताको एक प्रिय जनप्रतिनीधिका रुपमा परिचित छन् । उनको मिजासिलो स्वभावले पनि उनी जनताको मनमा बस्न सफल एक राजनीति योद्धा हुन् भन्दा फरक पर्दैन ।
उनी २०७४ सालको वडा नं. ८ को निर्वाचित जनप्रतिनीधि भएतापनि यस पटक विगतमा कोभिडको कारणले अधुरो रहेको कामलाई पूरा गर्न र आफ्नो वडालाई विकास र सम्बृद्धिको बाटोमा लैजान फेरी निर्वाचित भएका छन् । अबको पाँच वर्षमा जनताको विश्वासमा कहींकतै नडगमगाएर उनी वडाको रुप रेखा फेर्नमा लाग्नु पर्ने छ । जनताले उनीबाट अपेक्षा गरेका कुुरामा उनी खरो भएर उत्रीनु पर्नेछ । यो नै उनको काँधमा जनताले दिएको जिम्मेवारी र चुनौति दुवै हो ।






