रुपनी जि.एम
बर्दिया । स्थानिय तहको निर्वाचन सकिएको छ । निर्वाचन सकिएसंगै केही ठाउँहरुमा मतगरणा बाँकी नै छ भने केही ठाउँहरुमा मत परिणाम आई सकेको छ । यस पटकको निर्वाचन विशेषगरी पाँच दलिय गठबन्धन र सिंगो नेकपा एमालेको बीचमा केन्द्रित रह्यो । केन्द्रिय शिर्षस्थ नेताहरुले गरेको सत्तागबन्धन धेरै ठाउँहरुमा गरियो भने केही ठाउँमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रका नेताहरुले आफ्नो आफ्नो शक्ति प्रदर्शन गरेर गठबन्धनलाई अस्वीकार गर्दै स्थानिय उम्मेदवार चयन गरे । त्यसरी चयन गर्ने क्रममा बर्दियाको बढैयाताल गाउँपालिका पनि एक हो ।
उक्त पालिकामा गठबन्धनलाई अस्वीकार गर्दै नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमालेका उम्मेदवारहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रीएका थिए । गठबन्धन नभएको हुनाले उक्त पालिकाको चुनाव अन्यको तुलनामा कस्ले बाजी मार्ला भन्ने विषयमा केही खास र चाख लाग्दो पनि थियो । बैशाष ३० गते सम्पन्न निर्वाचनको नतिजाको पर्खाई सो पालिकाका सबै जनतालाई ब्यग्रताका साथ भईरहंदा नतिजा सार्वजनिक भएसंगै नेकपा माओबादी केन्द्रका पालिका अध्यक्ष प्रत्यासी उम्मेदवार हिमालय त्रीपाठीले भने जनताको मत आफ्नो पोल्टामा पार्न सफल भए । उनले १०५९ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित हुन सफल भए ।
राजनीतिक अनुभव र पृष्ठ भूमि खासै नभएका तर व्यापारीका हिसाबमा यस क्षेत्रकै एक सफल व्यापारीका रुपमा परिचित उनी पालिका अध्यक्ष भएसंगै नेकपा माओबादी पार्टी बर्दिया र त्याहाँका जनतामा खुशीयाली छाएको छ । त्यही खुशीयालीलाई जनतामाझ साँट्नकोलागी नवनिर्वाचित अध्यक्ष त्रीपाठीले आज सो पालिकाको ९ वटै वडाहरुमा विजयी जुलुस निकालेको छ । वडा नं.१ बाट निकालिएको उक्त विजयी जुलुस आज सहीत २ दिनसम्म गरिने अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तुलसी के.सीले जनाकारी दिए । नवनिर्वाचित अध्यक्ष त्रीपाठीलाई विजयी र्यालीमा युवादेखि बृद्धासम्म सबैले अबको कार्यकाल जनताको भावना र आवश्यकतालाई मध्य नजर गर्दै पुरा गर्न सुझाव दिएका थिए ।
७ वटा वडामा एमालेको प्यानल नै विजयी भएको उक्त पालिकामा ६ नं. वडा नेपाली कांग्रेसले जीतेको छ भने वडा नं. ५ मा नेकपा माओबादीले नै विजयी हाँसिल गरेको छ । सबै दललाई प्रतिनीधित्व गर्दै निर्वाचित भएका नौं वटै वडाका वडाध्यक्ष र उपाध्यक्षलाई दलिय भागबण्डामा नपारेर समान रुपमा समेट्दै लैजानु नै उनको बुुद्धिमत्ता हुनेछ भने यो नै उनकालागी मुुख्य चुनौति पनि हुनेछ । त्यस क्षेत्रका जनताले नयाँ अनुुहार र युवा रोजेको उक्त पालिकामा हिमालयलाई हिमाल जस्तै भएर जित्न जति सजिलो पर्यो त्योभन्दा पनि अप्ठ्यारो र चुनौतिको विषय बन्ने छ त्याहाँका जनताको मन जित्न ।
किनभने हिमालय राजनीतक धरातलमा टेकेर, जनताको भावनालाई बुुझेर राजनीतिमा होमिएका योद्धा हैनन् । यो कुुरा त्यस क्षेत्रका जनताले राम्ररी बुझेका छन् । जनताले बुुझे झैं हिमालयले पनि उक्त कुुरा बुुझेकै होलान् कि व्यापार गरे जस्तो राजनीति गर्न सजिलो छैन । उसो त हिमालयले सो कुुरा नबुझेको कहाँ होलान् र ? तर यी दुबै कुरालाई आत्मासाथ गर्दै लैजान सके र निर्वाचित जनप्रतिनीधिहरुसंग दलिय भागबण्डामा नबाँडिर काम गर्न सके भने आगामी दिनमा उनी जनताले आशा गरेर चुनेको सफल जनप्रतिनीधि बन्न सफल हुनेछन् ।






