काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका १ सय १ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । यीमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । देशभर थप २ सय २२ जनाले कोरोना संक्रमण जितेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका २ सय २७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६७ हजार २ सय ९२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ जना पुगेको छ ।






