काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपुर्वक नियाल्दै त्यसको विरोध पनि गर्दै आईरहेका छन् । उनले जनताका हीतकालागी काम गर्न सुझाव दिएका हुन्छन् भने अर्को शब्दमा विरोध पनि गरिरहेका हुन्छन् । यस पटकको नेकपाका दुवै समुहले गरेका गतिविधिमाथि उनले विरोध जनाएका छन् । उनले प्रचण्ड–माधव समूहले गरेको जनताको भावनाविपरीतको आमहड्तालप्रति विरोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझाएका छन् ।
उनले राजनीतिक दलका नेताहरुले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज तमासा देखाएको आरोप समेत लगाएका छन् । बिहिवार आज सामाजिक सञ्जालमा ट्विटरको माध्यममा आफुलाई लोकतन्त्रका नेताहरु भन्न रुचाउने सबै नेताप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।
‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’, उनले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले ।’ ‘जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न’, उनले भनेका छन् ।
जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 4, 2021






