रुपनी जि.एम
बर्दिया । बैशाष ३० गते हुने गई रहेको आसन्न निर्वाचनको मौन अवधी भोली (बुधबार) राती १२ बजेदेखि शुरु हुँदै छ । मौन अवधी शुरु हुन २४ घण्टा बाँकी रहँदा स्थानिय निवार्चनका उम्मेदवारहरुलाई भने जनताको घरघरमा गएर आफ्ना प्रतिबद्धताहरु पुरा गर्ने बाचा गर्न भ्याई नभ्याई छ । निर्वाचन आउन जम्मा ३ दिन मात्र बाँकी छ । यो ३ दिनमा उम्मेदवारहरु भने जनताको मत आफ्नो पक्षमा पार्न निकै नै कसरत गरिरहेका छन् । यस्तै कसरत गरिरहेका छन् बर्दिया बढैयाताल गाउँपालिका एमाले अध्यक्ष पदका उम्मेदवार लाल बहादुर श्रेष्ठले पनि ।
उनको पालिकामा पहिलो चरणको घरदैलो कार्यक्रम सकिएर अहिले जनतालाई कोणसभा मार्फत जीतेपछि आफुले गर्ने कामका प्रतिबद्धता पत्रका बारेमा जानकारी गराई रहेका छन् । ०७४ सालको निर्वाचनमा पनि जनताले मत दिएर सोही पालिकाको अध्यक्ष चयन गरेका लाल बहादुरले अब कस्ता योजनाहरुलाई अघि सार्नकोलागी निर्वाचनमा दोहोरिएका हुन् त भन्ने कुरा जान्नकोलागी पनि उनका प्रतिबद्धताहरु सुन्न जनताहरु उनको कोणसभा कार्यक्रममा पुग्ने गरेका छन् ।
तिनै मध्यका एक हुन् सोही पालिकाका वडा नं. ३ का सुर्य बहादुर केसी । उनी यो निर्वाचनमा फेरी दोहोरिएका लाल बहादुरका कुरा सुन्न भनि ओयोजीत कोणसभा कार्यक्रममा पुगेका थिए । उनीसंग हामीले भोट कस्लाई दिने ? अनि केका लागी दिने ? भनि केही प्रश्न गरेका थियौं । जवाफमा उनले विगत पाँच वर्षको ३ वर्षमा अध्यक्ष श्रेष्ठले गरेका कामलाई सम्झंदै भने,‘हामीलाई चाहिएको त हाम्रो गाउँमा विकास हो । पुल पुलेसा निमार्ण हो, रोजगारीको उचित व्यवस्थापन हो, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरुमा आवश्याक हो । किसानले पाउने बजारको उचित व्यवस्थापन हो । यी कुराहरु अध्यक्ष ज्यूबाट केही मात्रामा विगतमा पुरा भएको र पुरा हुन नसकेको अब पुरा गर्ने प्रतिबद्धा जनाएको थाहा पाएँ । त्यसैले यस ठाउँको विकासकालागी पनि उहाँलाई जिताउनु पर्छ भन्ने लागेको छ ।’
राजनीति धेरै नबुझेपनि राजनीति गर्ने नेताहरुको कामलाई राम्रै बुझेका केसीका अनुसार चुनावको बेलामा मात्रै जनताको घरघरमा गएर प्रतिबद्धता जनाउने नेताले काम गदैनन् भन्ने बुझाई छ । उनी भन्छन्,‘त्यस्ता नेताहरु काम गर्नुको साटो केवल हामी सोझा जनताको भावनासंग खेलेर पदमा पुग्नकोलागी आफ्नो दुनो सोझाउने गर्छन् र त्यस्ता नेतालाई हामीले चिन्नु पर्छ र हामी जनता नै जोगिनु पर्छ ।’ सुर्य बहादुर जस्तै उम्मेदवारले के प्रतिबद्धता गर्छन् त भनेर कोणसभामा घरको काम छाडेर नेता कुरा सुन्न गएकी सुहानी चौधरीलाई पनि हामीले त्यही भेटेयौं ।
उमेरले ३७ वर्ष लागेकी सुहानी बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुरले माईकबाट आफ्ना प्रतिबद्धता पत्र सुनाई रहेका थिए भने सुहानी अलि परै बसेर माईकबाटै सुनिएको लाल बहादुरका कुरा सुनिरहेकी थिईन् । हामीले उनलाई नेताले के भनिरहेका छन् बुझदै हुनुहुन्छ ? भनेर सोधेका थियौं । जवाफमा उनले भनिन्,‘उहाँले महिलाका कुरा गर्नु भएको छ । फेरी उहाँ त पहिला पनि हाम्रो गाउँपालिका अध्यक्ष भईसकेको मान्छे हो । म चिन्छु नि । उहाँले हामी महिलाकालागी सीप विकासका तालिमहरु दिनु भएको म कहाँ बिर्सन्छु र ?’ आफुले नै भोट दिएर जिताएको नेताले गएको वर्षमा आफ्नो गाउँको मुख्य बाटोलाई पक्कि बनाई दिएकोमा सुहानी मख्खै थिईन् ।
नेताले बोलेको कुरा सुन्नकालागी गाउँ होस् या शहर अझैंपनि जनताहरुको भिड लाग्ने गर्छ । बढैयाताल वाड नं. ३ को गोर्बेपुरमा भएको कार्यक्रममा अरुण खटिक नाम गरेका एक युवा भेटिए । हामीले उनीसंगपनि कुराकानी गरेयौं । अरुणले माथिका दुई सुर्य बहादुर केसी र सुहानी थारुले भन्दा केही फरक तर निकै नै गम्भिर विषयमा नेताले ध्यान दिनु पर्ने सुझाव दिए । अरुणले आफ्ना गाउँका युवाहरु बेरोजगार भएको हुनाले युवा रोजगार कार्यक्रम दिएर युवाहरुलाई विदेश जानबाट रोक्नमा नेताको भूमिका हुनु पर्नेमा जोड थियो । यसकासाथै उनले गाउँमा भएको स्कूललाई उचित व्यवस्थापन गरिनु पर्र्नेमा पनि जोड दिए ।
मतदाताहरु मात्रै सहभागी भएको उक्त कार्यक्रममा हामीले एकजना स्वास्थ्यकर्मीलाई पनि भेटायौं । उनी हुन् जमूना लामिछाने । पेशाले स्वास्थ्यकर्मी जमूनाले भने अध्यक्ष पदका उम्मेदवार लाल बहादुरले विगतमा स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेको बताईन् । उनको भनाई अनुसार कोभिडको महामारीमा उम्मेदवार श्रेष्ठले स्वास्थ्यको विषयमा आफ्नो पालिका र वाडमा कोभिड पोजेटिभ भएकाहरुलाई आईसोलेसन व्यवस्थापन गर्नेदेखि प्रत्येक स्वास्थ्यकर्मीलाई व्यक्तिगत रुपमा चोसो दिएर आफैले नै केयर गरेको कुरा नै निकै महत्वपुर्ण र सकारात्मक थियो ।






