रुपनी जि.एम
बर्दिया । आउँदै गरेको स्थानिय निर्वाचनकालागी बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्ष पदकामा नेकपा एमालेले लाल बहादुर श्रेष्ठलाई टिकट दिएको छ । पार्टीमा उनको योगदान त छंदै छ यसका साथै उनी गत २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष पदकालागी निर्वाचित हुन सफल जनप्रतिनीधि पनि हुन् । यस अर्थमा उम्मेदवारमा फेरीपनि दोहोरिएका लाल बहादुर उमेरले परिपक्क र कामले अनुभवी नेता र जनप्रतिनीधि भएको हुनाले पनि उनलाई पार्टीले पुनहः उक्त गाउँपालिकाको अध्यक्ष पदकालागी चयन गरेको हो ।
व्यक्तिग आचरणका हिसाबले उनी निकै नै सरल र कम बोल्ने नेताका रुपमा चिनिन्छन् । कामलाई नै प्राथमिकता दिने लाल बहादुरले आफ्नो अघिल्लो कार्यकालामा उक्त गाउँपालिकामा के कति विकासका काम गरियो भनेर अहिलेको निर्वाचनकालागी सार्वजनिक गरिएको प्रतिबद्धता पत्रको अघिल्लो पानामा सबै कुराहरुलाई ९ बुँदामा प्रष्ट हुनेगरी खुलाएका छन् । पाँच वर्षे अघिल्लो कार्यकालमा आफु र आफ्नो टिमले गाउँपालिकामा गरेका कामका कुरा मध्य गर्न बाँकी रहेका केही कामहरुलाई नै पुर्णता दिनकोलागी फेरी अध्यक्षमा नै दोहोरिएको उनी बताउँछन् ।
को हुन् लाल बहादुर श्रेष्ठ ?
२०३९ सालमा बर्दियाको जमुनीमा पर्ने अमर ज्योती माध्यामिक विद्यालयको प्रारम्भिक कमिटीमा अध्यक्षका रुपमा चुनिएर राजनीतिक जीवनको यात्रालाई शुरु गरेका लाल बहादुरको पुख्यौली घर भने पर्वतको पाङ भन्ने गाउँमा पर्छ । उनी घरकोे कान्छा छोरा हुन् । पर्वतदेखि उनका बाबुले वि.सं. २०२९ सालमा बसाई सराई गरी बर्दियामा आएपछि लाल बहादुरको बाल्यकासंगै शैक्षिक र राजनैतिक सबै कुराको जीवनयापन बर्दियामा नै भयो ।
कृषकका छोरा उनी आफ्नो आमाबाबुले गरेको कृषि पेशा अनि उक्त पेशाले पाउन नसेको बजारीकरणसंगै विद्यालयमा हुने गरेको राजनीतिकरणले उनको ध्यान केन्द्रित गर्यो । नलाई किसानको समस्याहरुलाई राजनीतिको माध्यमबाट समाधान गर्न सक्न्छि भन्ने महसुस गर्दै उनी कृषि पेशालाई नपनाएर राजनीतिमा लाग्ने प्रण गरे । आफ्नो लक्ष्यमा आज उनी केही हदसम्म सफल पनि भएका छन् ।
नेकपा एमालेको बर्दिया जिल्ला अध्यक्षका रुपमा रहेका उनले सानै उमेरदेखि नै पार्टीका विभिन्न कमिटिहरुमा बस्दै राजनीतिलाई नजिकैबाट नियालेका छन् ।
पालिका अध्यक्ष पदका उम्मेदवार लाल बहादुुरले वि.सं. २०३६ सालमा बर्दियाको दिपज्योती माध्यामिक विद्यालयको प्रा.क रहेर पनि पार्टीले उनलाई सुम्पिएको जिम्मेवारीलाई इमान्दारीताका साथ निर्भावह गरेको उनी बताउँछन् । यसका साथै उच्च शिक्षाकालागी नेपालगञ्जको महेन्द्र बहुुमुुखी क्याम्पसमा गएका उनी त्याहाँपनि २०४२ सालमा अनेरा स्ववियूको क्यामपस कमिटीमा अध्यक्ष भएर काम गरे उनले । त्यतिबेला १६ हजार विद्यार्थीको नेता भएर संगठनलाई हाँकेको अनुभव सुनाए उनले ।
त्यसैगरी वि.सं. २०४६ सालमा विद्यार्थीको जिल्ला कमिटी अध्यक्ष भएर पनि उनले काम गरे । त्यस लगत्तै लाल बहादुर २०४८ मा राष्ट्रिय परिषद सदस्य भए । ०४८ मै उनी नेपालगञ्ज न.पाको एमाले कमिटी सचिवालय सदस्य भएर कमिटीलाई चुस्त दुरुस्त काम गर्नमा पनि सरयोगी भूूमिका निर्वाह गरे उनले । बाँकेबाट राजनीतिमा परिपक्क हुँदै उनी आफ्नै ठाउँ बर्दियामा फर्किए र २०४९ सालमा बर्दियाको जमुनी गाउँ कमिटीको उपसचिव भएर उनले आफुले पाएको जिम्मेवारीलाई पनि पुरा गरे ।
राजनीतिको धरातलदेखि संघर्ष गर्दै माथि आएका लाल बहादुर वि.सं. २०५० सालमा क्षेत्रीय समन्वय कमिटीको सदस्य बन्दै २०५६ मा बर्दियाको जिल्ला कमिटी सचिवालय सदस्य भएर बर्दियामा आफ्नो राजनीतिक जग बसाल्न सफल भए । सानै उमेरदेखि आफ्नै दम्भमा राजनीतिक माहोल बनाउँदै निरन्तरको प्रयास र लगनशिलताले पाएको जिम्मेवारी अनुुसार अन्ततः लाल बहादुुर श्रेष्ठ बर्दिया जिल्लाको नेकपा एमाले पार्टी अध्यक्ष बन्न सफल भए ।
२०५६ देख २०७४ सम्मको राजनीतिक यात्रामा उनले बर्दियाको निर्वाचन क्षेत्र नं. १ को अध्यक्ष हुँदै २०५८ देखि २०७१ सालसम्म भएका ३ वटा अधिवेशनबाट जिल्ला कमिटी उपसचिवका रुपमा रहेर पाएको जिम्मेवारीलाई उनले इमान्दारीताका साथमा निरन्तर निर्वाह गरी नै रहे । लाल बहादुर बर्दिया जिल्लाको अध्यक्ष हुनु पुर्व उनी उपाध्यक्ष भएर काम गरेका थिए । आफुसंग भएका यी सबै कामका अनुभवकै आधारमा बर्दियाको मुुहार फेर्ने हिम्मत राख्छन् लाल बहादुुर ।






